arrow

राष्ट्र र राष्ट्रियता

logo
बन्दना भट्टराई,
प्रकाशित २०७७ जेठ १३ मंगलबार
bandana-bhattarai-krishi-st.jpg

‘म पुत्र तिम्रो तिमी धरती माता                                
  अटुट माटो मुटुको छ नाता’

राष्ट्रकवि माधवप्रसाद घिमिरेले आफ्नो रचना धरती मातामा उल्लेख गरेको कवितांशबाट सुरु गरौँ । नेपाली नागरिकले आफ्नो देशलाई हृदयमा हार्दिकताका साथ राखेका छन् ।  प्रस्तुत श्लोकले जन्मभूमिप्रतिको  सम्बन्धलाई स्पष्ट गराउँछ । 

 पूर्वमा मेचीदेखि पश्चिममा महाकाली नदी पारीको दोधारा चाँदनीसम्म, उत्तरमा पूर्व पश्चिम फैलिएको हिमशृङ्खलाले सजिएको मेरो देशलाई विश्वकै अग्ला अग्ला हिमशृङ्खला, जल, खोच, पाखा, पखेरा, आदिले दुलहीलाई झैँ  सिगारेको छ । 

देश नेपालले समग्र पृथ्वीको १,४७,१८१ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको भन्दै हामीले सानैदेखि पढ्दै आइरहेका थियौँ । वास्तवमा नेपालको सिमाना त त्योभन्दा सधैँ धेरै नै थियो ।

एसिया महाद्वीपको  झण्डै मध्य भूभागमा अवस्थित हाम्रो देश नेपालले समग्र पृथ्वीको १,४७,१८१ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको भन्दै हामीले सानैदेखि पढदै आइरहेका थियौँ । 

वास्तवमा नेपालको सिमाना त त्योभन्दा सधैँ धेरै नै थियो । जङ्गे पिल्लरहरू सधैँ हराउँदै गए र हामी सधैं शान्त नै रह्यौँ । नेपालको गौरवशाली इतिहास जसमा नेपाल पूर्वमा टिष्टा र पश्चिममा  काँगडासम्म आफ्नो मैदान फैलाउन सफल भएको कुरा  हामीले पाठ्यक्रममा पढ्दै आएका थियौँ । आज सीमाको विषयमा लड्दै गर्दा राष्ट्र र राष्ट्रियता सबैको मुटुको स्पन्दन रहेको कुरा देख्न सक्छौँ । 

नेपाल जस्तो पवित्र भूमिमा बुद्ध, सीता, भृकुटी, वीर विराङ्गना, सन्त, विद्वान, जस्ता व्यक्तीहरुले जन्म लिएका छन् । अहिले वर्तमानमा पनि यति उर्जाशिल, बुद्धिजिवी, विद्वान युवा छन् । 

जसरी हामी बाहिरी मुलुकसँग एकजुट भएर नेपालीको स्वाधीनता, हक अधिकारको लागि लड्छौ त्यसरी नै नेपालीहरूले अरू दिनहरूमा  पनि उच-नीच, धनी-गरिब, राजनीतिक धारणा, विचार धारणा, महिला पुरुष, जात धर्म भनेर एकजुट हुन सम्भव छैन ?
 
आज सीमाको विषयमा देश विवादमा परेको बेलामा इतिहासलाई फर्केर हेर्दा नेपालको बहादुरीको कथाले हाम्रो शरीरमा बगिरहेको रगतलाई सशक्त बनाउँछ । 

नेपाल जस्तो पवित्र भूमिमा बुद्ध, सीता, भृकुटी, वीर विराङ्गना, सन्त, विद्वान, जस्ता व्यक्तीहरुले जन्म लिएका छन् । अहिले वर्तमानमा पनि यति उर्जाशिल, बुद्धिजिवी, विद्वान युवा छन् । 

तर असल परिपाटी, प्रयोगशाला, न्यून अनुसन्धान, आर्थिक मेरुदण्डको अभावको कारणले आफ्नो देश छाडेर अरूको देशमा परिश्रम गर्न वाध्य छन् । आफ्नो परिश्रम अनुसारको मूल्य नपाउँदा पनि खाडी मुलुकमा पसिना चुहाएर काम गर्न बाध्य भएको हामीमाझ प्रष्ट छ । 

नेपाली श्रम, सीप, जाँगर, विचार, कार्य, योजना आदिले नेपालमा नै स्थान पाउन सक्ने वातारणको सृर्जना गर्नु नेपाल सरकार र नेपाली सबैको साझा कर्तव्य हो र आगामी दिनमा राष्ट्रको यस कुरा प्रति ध्यान जान अति आवश्यक छ । 

सेवा,उद्योग, व्यापार, स्वस्थ, सबैमा बढ्दै गएको व्यापारीकरणलाई  हटाउँदै सर्वसुलभ आमनागरिकको पहुँचसम्म पुर्याउन सबै एकिकृत भएपछि मात्र सम्भव छ । प्रशासनिक ढिलासुस्ती तथा आर्थिक तथा गैरआर्थिक भ्रष्टाचार को खाडलबाट राष्ट्रलाई उकास्न जरुरी छ । विश्वव्यापी रूपमा फैलिरहेको महामारी एकातर्फ आफ्नो स्वाधीनता अर्कोतर्फ सबैलाई समेटेर उचित व्यवस्थापन मिलाउनको लागि जोड दिनु सबैको साझा कर्तव्य हो ।

महिला भएर जन्मनुमा कसैको के गल्ती । महिलालाई शिक्षादेखि बञ्चित किन । हरेक पाटोमा बराबर सहभागितामा किन कमी, आदि दर्जनौ प्रस्न उब्जनु स्वभाविक हुन जान्छ ।

सबै नागरिकहरू राजनैतिक, कानुनी दृष्टिकोणमा समान छन् । समग्रमा मानिस सानो, ठूलो नभएर केवल मानिस रहन्छ । गरिब राष्ट्रमा जन्मनु त्यसमाथि गरिबको घरमा जन्म लिनुमा कसैको के दोष । अझ  कुरा गर्नुपर्दा नेपालको कुनै क्षेत्रमा अझै पनि छोराछोरी बीचको लैङ्गिक विभेद देख्न सकिन्छ । 

महिला भएर जन्मनुमा कसैको के गल्ती । महिलालाई शिक्षादेखि बञ्चित किन । हरेक पाटोमा बराबर सहभागितामा किन कमी, आदि दर्जनौ प्रस्न उब्जनु स्वभाविक हुन जान्छ । विश्व विजयको महत्वाकांक्षी बोकेर युद्धमा होमिएका सम्राट नेपोलियन बोनापार्टले पनि नारीको महत्वलाई स्वीकार गरेका थिए । उनकै शब्दहरू सापटी लिएर भन्ने हो भने –“तिमी मलाई असल आमा देऊ, म तिमीलाई असल राष्ट्र सुम्पन्छु ।” यस भनाइबाट पनि नारीको महत्व बुझ्न सकिन्छ । तसर्थ कुरिती, विसङ्गति, लैंगिक, जातिय, भाषिक, आदिमा अल्झिरहनु द्धन्द गर्नु आफैमा  देश पछाडि धकेलिनु हो भन्दा फरक पर्दैन ।

नेपालको चौतर्फी विकाश तब मात्र सम्भव छ । जब नेपालबाट गरिबी जरैबाट उखेलिन्छ । गरिबी  न्यूनीकरण गर्न अति आवश्यक छ । एउटा गरिब घरमा जन्मेको बच्चा सानै देखि मजदुरी गर्न बाध्य हुन्छ । त्यसमा  परिवारको हेरविचार, पौष्टिक आहार, शिक्षा, स्वस्थ, खेलकुद मनोरञ्जन त ऊबाट मानौं क्षितिज सरह छन् ।

एउटा गरिब  कृषक जसले राष्ट्रको पेट भरिरहेको हुन्छ । ऊ आफैँ भोको पेट सुत्न बाध्य हुन्छ । कहिले पाउँछन् होला यी किसानले आफ्नो श्रमको मूल्य ।

 वास्तवमा मानव जीवन अज्ञानताबाट ज्ञानतिर, अपूर्णताबाट पूर्णता तर्फ नियमित यात्रातर्फ जानू  पर्ने हो । आज हामीले जापान वा स्विजरल्याण्ड ५० वर्ष अघिको नेपाल भन्दा पछि थिए भन्ने कुरा सुन्दा अचम्म मान्छौ । हामी नेपालीले पनि किन त्यही विकाशको गति पकड्न सकेनौं भन्ने प्रश्नले सबैको मन पिरोल्छ । 

नेपालमा खानी, जलाशय, वनजङ्गल, टाकुराआदि  प्राकृतिक सम्पदा आदिले आफैँमा विकाशका सम्भवना बोकेका छन् । नेपालको प्राकृतिक सुन्दरता अवर्णनीय छ ।

यो सबै श्रोतको सही परिचालन भयो भने सपनाको नेपाल सायद सम्भव छ । राष्ट्रलाई भोक, रोग, अशिक्षा, गरिबीबाट माथि उकास्न जरुरी छ । जसको लागि हामी नागरिक र राष्ट्र आर्थिक ,सामाजिक, न्यायिक, समानताको सिद्धान्तबाट अगाडि बढ्नुपर्छ । 

हरेक नागरिकले  आफ्नो लक्षको अखण्ड यात्रामा देश प्रतिको कर्तव्यलाई उच्च राख्दै अघि बढिरह्यो भने एकदिन नेपाल आमा अवश्य खुसी हुने छिन् । 

नेपाललाई चिनाउनका लागि हरेक नागरिकले आफ्नो आफ्नो क्षेत्रबाट लाग्न जरुरी छ । सधैँ विरोध, खुट्टा तान्ने प्रवृत्ति चलिरहेको खण्डमा देशमा शान्ति र विकाश सम्भव छैन । गलतलाई गलत भन्न जरुरी छ ।

केही परिवर्तनहरू ल्याउन आवाज उठाउने पनि ठीक हो तर आफ्नो राष्ट्र प्रतिको कर्तव्यबाट पर सरेर आफ्नै झोली भर्ने  परिपाटीको भने अन्त हुन् आवश्यक छ ।  हरेक नागरिकले  आफ्नो लक्षको अखण्ड यात्रामा देश प्रतिको कर्तव्यलाई उच्च राख्दै अघि बढिरह्यो भने एकदिन नेपाल आमा अवश्य खुसी हुने छिन् । 

याँ नेपालको निर्माणका लागि हरेक नागरिक आफ्ना कर्तव्य तथा अधिकारका लागि सचेत हुनुपर्दछ ।

साथै नया नेपाल निर्माणका लागि हरेक नागरिक आफ्ना कर्तब्य तथा अधिकारका लागि सचेत हुनु पर्द्छ । सासकिय ब्यबस्थाको प्रतिनिधि छ्नौट, योजना छ्नौट, योजना बाँडफाँड, कार्यको थालनी ,आर्थिक रुपान्तरण, रोजगारिको अवसरहरु प्रविधिमा विकास, अनुसन्धानमा प्रगति आदिलाइ समेटेर प्रगतिपथमा अगाडि बढ्न सकिन्छ । (भट्टराई गौरादह कृषि क्याम्पसमा अध्ययनरत छिन्) 



नयाँ