arrow

अर्घाखाँची पनि कोरोनाबाट अछुतो रहेन, संक्रमित भारतबाटै आएका

logo
प्रकाशित २०७७ जेठ १३ मंगलबार
arghakhachi_district_map.png

अर्घाखाँची । अर्घाखाँची र गुल्मीमा भारतबाट फर्किएका तीन व्यक्तिसहित चार जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामध्ये अर्घाखाँचीका दुई जना  तथा गुल्मीका दुईमध्ये एक जना भारतबाट फर्किएका युवा हुन् । संक्रमित अर्का भने स्थानीयवासी युवक हुन् ।

अर्घाखाँचीमा संक्रमण देखिएका व्यक्ति यही जेठ २ गते भारतको रायबरेली भन्ने ठाउँबाट पैदलै हिँडेर गृह जिल्ला आइपुगेका हुन् । जिल्ला आउनासाथ उनीहरुलाई पाणिनी गाउँपालिका वडा नम्बर–८, पालीको कमला माविको क्वारेन्टिनमा राखिएको थियो ।  

भैरहवास्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा क्वारेन्टिनमा रहेका १९ वर्ष र ४३ वर्षका दुई पुरुषमा कोरोना पोजेटिभ देखिएको अर्घाखाँची अस्पतालका प्रमुख डा कपिल गौतमले जानकारी दिए । 

संक्रमण देखिएका दुवैको स्वास्थ्यावस्था सामान्य रहेको बताइएको छ । अर्घाखाँचीमा पहिलो पटक कोरोना संक्रमण देखापरेको हो । उनीहरुसंँगै आएका अन्य तीन जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । 

जिल्लामा पछिल्लो एक सातामा भारत तथा छिमेकी जिल्लाबाट आउने एक हजार ६२२ पुगेका छन् । रोजगारीका सिलसिलामा भारत गएका नागरिक कोरोनाको उच्च जोखिमले रोजगारी गुमाउन थालेपछि धमाधम गृह जिल्ला फर्किन थालेका छन् ।  

पछिल्लो एक सातामा सन्धिखर्क नगरपालिकाका १७९, भूमिकास्थान नगरपालिकाका ४०९, शीतगंगा नगरपालिकाका ५०१, पाणिनी गाउँपालिकाका  ११६, मालारानी गाउँपालिकाका ३२१  र छत्रदेव गाउँपालिकाका ९६ जना जिल्ला प्रवेश गरेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिए । 

बाहिरबाट आएका सबैलाई स्थानीय पालिकाका क्वारेन्टिनमा राखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ