arrow

भारतमा अलपत्र परेका पाँच हजार नेपाली एकैदिन भित्रिए  

logo
दीपेन्द्र बस्नेत,  
प्रकाशित २०७७ जेठ १३ मंगलबार
broder-nepali.jpg

कञ्चनपुर । भारतका विभिन्न स्थानहरुबाट सीमा क्षेत्रमा पुगेर अलपत्र परेका ४ हजार ८६४ जना नेपालीहरुलाई सुदुर पश्चिमका प्रमुख दुई नाकाहरुबाट सोमबार भित्र्याइएको छ । 

सोमबार सुदुर पश्चिमको गौरीफन्टा नाका र गड्डाचौकी नाकाबाट सीमान्त भारतीय क्षेत्रमा अलपत्र रहेका ४ हजार ८६४ जना नेपालीहरुलाई नेपाल भित्र्याएर सम्बन्धित जिल्ला र पालिकाहरुमा पठाइएको छ  । 

सोमबार उद्धार गरिएका मध्य गड्डाचौकी बाट २,६३४ जना र गौरीफन्टा नेपाल(भारत नाकाबाट २ हजार २२७ जना नेपालीहरुलाई स्वदेश प्रवेश गराइएको छ । 

नेपालका पुर्वी सीमानाकाहरुबाट प्रवेशमा रोक लगाइएपछि सुदुर पश्चिमका यी नाकाहरुबाट पूर्वी नेपालका नागरिकहरु समेत आउन थालेपछि यहाँ नेपाल प्रवेश गर्नेहरुको घुइँचो लाग्न थालेको हो । 

चोर बाटोबाट नेपाल प्रवेश गर्नेहरु बढेपछि सोमबारदेखि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले गड्डाचौकी नाका निश्चित समयका लागि अलपत्र नागरिकहरुको उद्धारका लागि खुल्ला गरेको हो ।  

यी नाकाहरुबाट मजदुरी र अध्ययनका लागि गएका नेपालीहरु ठूलो संख्यामा स्वदेश फर्कन थालेपछि सुदूरपश्चिममा बनाइएका क्वारेन्टाइनहरु भरिन थालेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ