arrow

गुल्मीमा कोरोनाबाट तीन संक्रमित, एकको गयो ज्यान, एक भारतबाट आएका, ४१ को रिपोर्ट आउँदै 

logo
प्रकाशित २०७७ जेठ १३ मंगलबार
gulmi_district_map.png

गुल्मी । गुल्मी जिल्लामा कोरोनाबाट अहिलेसम्म तीन जना संक्रमित भएको पुष्टि भएको छ । एक जनाको ज्यान गएको छ । संक्रमण पुष्टि भएका धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसीथोकका ३६ वर्षीय पुरुष १० दिनअघि भारतबाट आएका हुन् । 

उनलाई अन्य रोग पनि देखिएपछि शनिबार पिसिआर परीक्षणका लागि स्वाब पठाइएकामा सोमबार साँझ कोरोना संक्रमण पोजेटिभ रिपोर्ट आएको हो । 

उनीसँगै रहेकी श्रीमतीको रिपोर्ट भने नेगेटिभ आएको छ । अहिले उनी विद्यालयको क्वारेन्टिनमा रहेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।

संक्रमण पुष्टि भएका अर्का ३६ वर्षीय पुरुषलाई भने कोरोना कसरी लाग्यो भन्ने स्रोत खुलेको छैन । 

धुर्कोट गाउँपालिकाकै अर्का एक जनाको पिसिआर रिपोर्ट आउन बाँकी  छ । पुरुषको सम्पर्कमा आएका जिल्लाका विभिन्न ठाउँका थप ४० जनाको सोमबार अबेरसम्म लगाएर स्वाब संकलन गरिएको छ । 

संकलित स्वाब मंगलबार पठाउने तयारी भइरहेको आचार्यले जानकारी दिए । यससँगै गुल्मीमा कुल चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये मदाने गाउँपालिकाका ४१ वर्षीय पुरुषको मृत्यु भइसकेको छ भने ३१ वर्षीय पुरुषको भने आइसोलेशनमा उपचार भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ