arrow

के हुँदैछ मंगलबार संघीय संसदमा ? प्रधानमन्त्री ओलीले तीन प्रस्ताव प्रस्तुत गर्दै

logo
प्रकाशित २०७७ जेठ १३ मंगलबार
Untitled-136.jpg

काठमाडौं । मंगलबार जेठ १३ गते संघीय संसदका दुवै सदन चल्दैछन् । प्रतिनिधिसभामा आर्थिक सर्वेक्षणबारे अर्थमन्त्री डा युवराज खतिवडाले ‘आर्थिक वर्ष २०७६–०७७ को आर्थिक सर्वेक्षण पेश गर्न सक्ने बताइएको छ । 

प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रम पारित भएपछि स्थगित बैठक मंगलबार मात्र बस्न लागेको हो । 

त्यस्तै राष्ट्रियसभामा मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले क, स्टाण्डर्ड नापतौल (पाँचौं संशोधन) विधेयक २०७६ र ख, प्रत्यायन (एक्रिडिटेशन) विधेयक २०७६ पेश गर्ने कार्यक्रम रहेको छ । 

त्यस्तै कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुषालले ‘दफावार छलफलका लागि प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त दुई विधेयक पेश गर्दैछन् । तिनमा ‘बीउ बिजन (दोस्रो संशोधन) विधेयक’, २०७५ तथा ‘बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५’ रहेका छन् । 

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले ‘अनुगमन तथा मूल्याङ्कन विधेयक २०७६ माथि विचार गरियोस्’, विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको ‘नीति अनुसन्धान प्रतिष्ठान विधेयक २०७६ माथि छलफल गरियोस्’ र ‘नीति अनुसन्धान प्रतिष्ठान विधेयक २०७६ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्दैछन् । 

सरकारले जेठ १५ गते बिहीबार संसदबाट आर्थिक वर्ष २०७७–०७८ को बजेट सार्वजनिक गर्दैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ