arrow

प्रदेश ५ मा झारा टार्ने क्वारेन्टाइन, पीसीआर नहुँदा भाग्ने बढे, कहाँ गयो मुख्यमन्त्रीले बुझेको सहयोग रकम ?

नाममात्रका क्वारेन्टाइनमा न स्वास्थ्यकर्मी छन् न सुरक्षाकर्मी नै 

logo
नारायण वली, 
प्रकाशित २०७७ जेठ १३ मंगलबार

रुपन्देही । प्रदेश– ५ सरकारले कोरोना भाईरस रोकथाम तथा नियन्त्रण कोष स्थापना गरी प्रदेशलाई कोरोना मुक्त बनाउने लक्ष्यमा साथ विभिन्न व्यक्ति र उद्योगी व्यवसायी एवं संघसंस्थाहरुलाई आर्थिक सहयोग गर्न आह्वान गर्यो । जस अनुसार मुख्यमन्त्री शंकर पोख्रेललाई उक्त सहयोग रकम बुझ्न भ्याई नभ्याई भयो ।

कोषमा करिब ११ करोड भन्दा बढी रकम संकलन पनि भयो । अब त कोरोनाको संक्रमण प्रदेशमा भित्रिएपछि सफल र सबल रुपमा कोरोनाको उपचार पद्धतिलाई प्रभावकारी बनाउन सकिन्छ भनी प्रदेश सरकारले औपचारिक बक्तव्यमा आफ्ना भनाइहरु पटक–पटक प्रस्तुत गरे पनि । 

तर सो रकम अहिले कहाँ प्रयोग भैरहेको छ भन्ने तथ्य कपिलवस्तुका क्वारेन्टाइनमा बसेकाको पीसीआर जाँच नभएपछि क्वारेन्टाइनबाटै भाग्न वाध्य भएको घटनाले प्रष्ट पारेको छ ।

जसका कारण पछिल्लो समय प्रदेश– ५ मा देशकै सबैभन्दा धेरै संक्रमण पाईएको छ । दुई जनाको कोरोनाकै कारण ज्यान गैसकेको छ ।

छिमेकी मुलुक भारतबाट आउनेहरुको संख्या उल्लेख मात्रामा बढ्दै गर्दा प्रदेश सरकारले कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि खासै चासो नदेखाएको जनगुनासो बढ्न थालेको छ ।

क्वारेन्टाईनमा न स्वास्थ्यकर्मी न सुरक्षाकर्मी कोही पनि नभएको अवस्था रहेको छ ।

यतिबेला स्थानिय तहहरुमा विश्व स्वास्थ्य संगठन डब्लुएचओले जारी गरेको प्रोटोगल अनुसार क्वारेन्टाईन निर्माण नबनाउँदा क्वारेन्टाइन केन्द्र नै कोरोना भाईरस (कोभिड–१९) को संक्रमणको मुख्य स्रोत बन्न पुगेको छ । 

कोरोना भाइरस सम्वन्धि क्वारेन्टाइन सञ्चालन तथा व्यस्थापन गर्न बनेको २०७६ मापदण्ड अनुरुप क्वारेन्टाइन निर्माण नहुँदा अहिले भारतबाट आएकाहरुलाई व्यवस्थापन गर्न बनाईएका क्वारेन्टाईनहरुको अवस्था हेर्दा सरकारको झारा टार्ने काम भएजस्तो देखिएको छ ।

यस्तै प्रदेश ५ का गठन भएको (कोभिड–१९) नागरिक सरोकार अभियान मञ्चका संयोजक, पूर्वसांसद विनोद पहाडीले आफ्ना स्वयम् सेवकहरुले प्रदेशका १२ वटा जिल्लाहरुमा निर्माण गरिएका क्वारेन्टाईनको अवस्थालाई अध्ययन गर्दा मापदण्ड विपरीत भएको तथ्य संकलन भएको बताए ।

उनले भने ‘प्रदेशमा दैनिकजसो बढिरहेको कोरोना संक्रमणलाई नियन्त्रण गर्न सरकारले गम्भीरता नदेखाएकाले आगामी दिनमा यसले भयावह स्थिति आउन सक्ने प्रवल सम्भावना रहेको बताउँदै, संघीय, प्रदेश र स्थानिय तहहरुले उच्च सतर्कता अपनाएर अगाडि बढ्ने समय रहेको भन्दै पीसीआर परीक्षणलाई अविलम्व रुपमा दायरा बढाएर कोरोनाको नियन्त्रणतर्फ ध्यान दिन आग्रह गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ