arrow

च्याम्पियन्स लिग : रियाल मड्रिड फाईनलमा, 'मड्रिड डर्बी' हुने

logo
प्रकाशित २०७३ वैशाख २३ बिहिबार
Gareth_bale_sf.jpg.jpeg
काठमाडौं। स्पेनी क्लब रियाल मड्रिड च्याम्पियन्स लिगको फाईनलमा प्रवेश गरेको छ। ईङलिश क्लब म्यानचेस्टर सिटीलाई आफ्नो गृह मैदानमा १-० गोलले पराजित गर्दै रियालले फाईनलको यात्रा तय गरेको हो। दुई टोली बिच सेमीफाईनलको पहिलो लेग ०-० बराबरीमा सकिएको थियो। 
 
मड्रिडको मैदानमा भएको खेलको २०औं मिनेटमा गारेथ बेलले गरेको प्रहार सिटीका डिफेण्डरले बचाउने प्रयासमा गोल भएको थियो। उक्त गोललाई आत्मघाती मानिएको थियो। 
 
त्यसपछिको समयमा कुनै गोल हुननसक्दा रियालले १-०ले खेल जित्यो र पहिलो लेग गोलरहित बराबरीमा सकिएको हुनाले कुलमा १-० गोलले रियाल बिजयी हुँदै फाईनलमा स्थान पक्का गरेको हो। 
 
खेलको ३६औं मिनेटमा रियालले गरेको गोल पेपे अफसाईड हुनाले अमान्य गरिएको थियो त्यसैगरि ४४औं सिटीका फरनान्डिन्होले गरेको प्रहार गोलपोष्ट नजिकिंदै बाहिरिएको थियो। दुवै टोलीले राम्रो मौकाहरु सृजना गरेपनि गोल भने हुन सकेन र त्यही आत्मघाती गोल नै निर्णायक भएको थियो। 
 
फिट भएर मैदान फर्केका रोनाल्डोले केहि राम्रा मौकाहरु सृजना गरेका थिए तर उनले गोल गर्न सकेनन्। 
 
जितपछि रियालका कोच जिदानेले भने ' यो जित राम्रो हो हामी मजा लिईरहेका छौं '। '१-० प्रतिस्पर्धात्मक नतिजा हो तर हामी राम्रा हौं' उनले थपे । स्टार खेलाडी रोनाल्डोले भने 'हामी फाईनलमा छौं र खुशी छौं। यो बिशेष हो '। रियालले यो सिजनमा गृह मैदानमा खेलिएको सबै च्याम्पियन्स लिगको खेल जितेको छ। 
 
सिटीका प्रशिक्षक म्यानुयल पेलेग्रिनीले आफ्नो टोलीले हार्न नपर्ने बताएका छन्। एकदम प्रतिस्पर्धात्मक खेलमा हामीले राम्रो खेल्यौं तर नतिजा हाम्रो पक्षमा रहेन् उनले अगाडि भने। 
 
रियालले अर्को स्पेनी क्लब ऐथ्लेटिको मड्रिडसँग फाईनल खेल्ने छ। बायर्न म्युनिखलाई पराजित गरेर एथ्लेटिको फाईनल पुगिसकेको छ। 
 
दुवै टोली स्पेनको मड्रिड शहरको भएको हुनाले उनीहरु बिच हुने प्रतिस्पर्धालाई मड्रिड डर्बी भनिने गरिन्छ। च्याम्पियन्स लिग फाईनल पनि मड्रिड डर्बी हुने भएको छ। 
 
दश पटकको बिजेता रियाल मड्रिड र दुई पटक उपबिजेता रहेको एथ्लेटिको मड्रिड बिचको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ। ला-लिगाको उपाधि दौडमा दोस्रो स्थानमा रहेको एथ्लेटिको र तेस्रो स्थानमा रहेको रियाल बिचको प्रतिस्पर्धाले फेरि पनि विश्व फुटबलमा  स्पेनको दबदबा कायम रहेको पुष्टी गरेको छ। 
 
यो सिजनको ला-लिगामा रियाल र एथ्लेटिको आमने सामने हुँदा १ खेल एथ्लेटिकोले जितेको छ भने १ खेल बराबरीमा सकिएको थियो। 
 
सन् २०१३-१४को च्याम्पियन्स लिग प्रतिस्पर्धाको फाईनलमा रियाल र एथ्लेटिको आमने-सामने भएका थिए। उक्त खेलमा रियालले एथ्लेटिकोलाई ४-१ गोलले पराजित गरेको थियो। 
 
सन् १९७३-७४को च्याम्पियन्स लिग फाईनलमा जर्मन क्लब बायर्न म्युनिखसँग ४-०ले पराजित एथ्लेटिकोले यसपाली भने फाईनलको यात्रा तय गर्न सेमीफाईनलमा बायर्नलाई पन्छाएको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ