arrow

कपिलवस्तुमा थपिए एकै दिन २४ जना, जिल्लामा संक्रमितको सख्या १ सय ९

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७७ जेठ १४ बुधबार
corona-ppe1.jpg

कपिलवस्तु। जिल्लाको भारतीय सिमावर्ती यशोधरा गाउँपालिकामा २४ जना संक्रमित थपिएका छन् । थपिएका संक्रमितहरुमा वडा नं. १, २ र ८ का रहेका छन् । राप्ती विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा उनीहरुलाई कोरोना देखिएको हो ।

जसमा दुई बर्षीया बालिका रहेकी छिन । कपिलवस्तुमा कोभिड १९ थप २४ जना पोजेटिभ पुष्टि भएका यशोधरा गाउँपालिका  वाड न. १ का बर्ष २४, ३६, ३०, ३०, ३०, ३०, ३०, ५५, ४०, ३४, ३४, २० पुरुष १२जना, वाड न २ का बर्ष ४४, ३५, २३, २२ का ४ पुरुष र बर्ष २ की बालिका १ जना, वाड न ८ का बर्ष ३४, ३०, ३१, ४०, ३५, १९, २५ पुरुष ७ जना रहेका छन्।

उक्त नमुना यही जेठ २ र ८ गते संकलन गरि राप्ती स्वास्थ बिज्ञान प्रतिष्ठित दाङमा परिक्षण भएको हो ।उनीहरु स्वास्थ अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा छन्। उनीहरुको अनिरुद्ध माध्यमिक विद्यालयमा नमुना परिक्षण गरिएको थियो ।

सोमबार साँझमात्र लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा मायादेवी गाउँपालिका र कपिलवस्तु नगरपालिकाका एक एक गरी दुई जना कोरोना संक्रमित भेटिएका थिए । त्यो पनि मंगलबार मन्त्रालयले अध्यावधिक गरेको हो ।

यशोधरा गाउँपालिकामा यसभन्दा अगाडी १२ जना संक्रमित भएकोमा आज २४ थपिएसंगै त्यहाँ संक्रमितको संख्या ३६ पुगेको छ ।

मंगलबार र सोमबार साँझ गरी २६ जना संक्रमित थपिएसंगै जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ९ पुगेको छ । जसमा ११ जना निको भएर घर फर्किसकेका छन ।

नयाँ सक्रमितलाई आइसोलेसनमा कसरी व्यवस्थापन गर्ने विषयमा गाउँपालिकाले छलफल गरिरहेको यशोधरा गाउँपालिकाका अध्यक्ष गिरिजेश कुमार पाण्डेयले बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ