arrow

आयो ९९ प्रतिशतसम्म कोरोनाका भाइरस मार्ने मेशिन 

logo
प्रकाशित २०७७ जेठ १४ बुधबार
corona-wellis.jpg

काठमाडौं । कोरोना भाइरसको संक्रमणले विश्वमा सन्त्रास फैलिइरहँदा अहिलेस्म्म कुनै औषधि वा भ्याक्सिन बनिसकेको छैन । अहिलेसम्म केवल भाइरसबाट बच्ने उपाय मात्र अपनाइएको छ । 

महामारी रोक्नका लागि भाइरस फैलिन नदिने प्रयास भइरहेको छ । भारतमा यस्तो मेसिन आइपुगेको छ कि जसले कोरोना भाइरसलाई जमीन र हावामा ९९ प्रतिशतसम्म नष्ट गर्न सकिने दावी गरिएको छ । 

यसलाई बनाउने कम्पनीले एयर डिस्इन्फेक्सन मेशिनको प्रयोग विश्वका कयौं देशमा विगत १० वर्षदेखि ब्याक्टेरिया मार्ने काममा भइरहेको बताएको छ । 

यो मेशिन अब कोरोना भाइरस मार्न पनि मद्धतकार हुने दावी गरिएको छ । यो मेशिनको प्रयोग चीनको वुहान, स्पेन, दक्षिण कोरियाका अस्पताल, कार्यालय लगायतका स्थानमा हुँदै आएको छ । 

त्यो सफल सावित भएको छ । यो मेशिनले ५०० देखि ८०० वर्गफिटसम्मको क्षेत्रलाई दुई घण्टामा संक्रमणमुक्त गर्दछ । 

गत जनवरीमा बार्सिलाना विश्वविद्यालयमा यसको रेस्पिरेटरी सिंक्राइटियल भाइरस (आरएसभी) परीक्षण भएको थियो । यो मेशिनले चिसोमा दुई घण्टामा ९९ प्रतिशत र सुख्खामा ९२ प्रतिशतसम्म भाइरस नष्ट भएको थियो । 

आरएसभीलाई कोरोना भाइरसभन्दा खतरनाक भाइरसका रुपमा लिइन्छ । 

यो मेशिन दक्षिण कोरियाको वेलिस नामक कम्पनीले निर्माण गरेको हो । (एजेन्सीको सहयोगमा)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ