arrow

माटोको ढिस्कोले पुरिएर एकराज–कुमारी दम्पतीको मृत्यु, चार घाइते

logo
रासस,
प्रकाशित २०७७ जेठ १४ बुधबार
jajarkot.png

जाजरकोट । स्वास्थ्यचौकीको भवन निर्माणका लागि बालुवा निकाल्ने क्रममा मङ्गलबार पुरिएर नलगाड नगरपालिका–९ तात्रका ३३ वर्षीया कुमारी सिंहको घटनास्थलमै मृत्यु भएको छ । 

मृतक कुमारीका श्रीमान् ३५ वर्षीय एकराज सिंहलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बुधबार बिहान भेरी नगरपालिका–१ को रावतगाउँमा मृत्यु भएको स्थानीयवासी नवराज सिंहले जानकारी दिए ।

सिंह दम्पतीसहित खिरखिरेस्थित बालुवा निकालिरहेका सोही गाउँका कमला सिंह, तारा सिंह, लक्ष्मी सिंह र तारा सिंहको अहिले नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीमास्थित स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । 

समयमा उपचार नपाउँदा एकराजको मृत्यु भएको पीडितको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ