arrow

कांग्रेसद्धारा कोरोना कोषमा दुई लाख सहयोग

logo
प्रकाशित २०७७ जेठ १४ बुधबार
nepali-congress-flag.jpg.jpeg

दमौली । तनहुँको भानु नगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागि खडा गरेको कोरोना रोकथाम तथा उपचार कोषमा नेपाली काँग्रेस भानु नगर समितिले रु दुई लाख सहयोग गरेको छ । 

जिल्लाका सबै स्थानीय तहमा आर्थिक सहयोग गर्ने नीतिबमोजिम काँग्रेस भानु नगर समितिले मङ्गलबार भानु नगरपालिकालाई रु दुई लाख एक हजार १३ सहयोग गरेको हो ।

भानु नगर समितिका सभापति श्रीभक्त आचार्यले नगरप्रमुख उदयराज गौलीलाई उक्त रकम हस्तान्तरण गरे । उक्त रकममध्ये रु ३० हजार नेपाली काँग्रेस जिल्ला समितिले उपलब्ध गराएको हो भने बाँकी रु एक लाख ७१ हजार १३ नगर समितिले शुभेच्छुकहरुबाट सङ्कलन गरेको हो । 

नेपाली काँग्रेस सुखदुःखमा सधै जनताको साथमा रहेको भन्दै आचार्यले स्थानीय तहलाई हस्तान्तरण गरिएको रकमको सही सदुपयोग हुनेमा विश्वास व्यक्त गरे ।

भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले कोरोना नियन्त्रण गर्ने अभियानमा नेपाली काँग्रेसको तर्फबाट गरिएको सहयोगप्रति धन्यवाद ज्ञापन गरे ।

नगरपालिकाले खडा गरेको कोरोना कोषमा सहयोग गर्न सङ्घसंस्था तथा व्यक्तिलाई नगरप्रमुख गौलीले आह्वान गरे । 

जिल्लाका विभिन्न स्थानीय तहले खडा गरेको कोरोना कोषमा राजनीतिक दलको तर्फबाट सहयोग गर्ने क्रम जारी छ । काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विभिन्न स्थानीय तहमा सहयोग गरिरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ