arrow

गिरिजाप्रसाद कोइराला फाउण्डेशनद्धारा अमेरिकामा सातौं पटक निःशुल्क खाद्य सामग्री वितरण

logo
प्रकाशित २०७७ जेठ १४ बुधबार
99297658_244834486840058_20.jpg

न्यूयोर्क । गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले समुदायलाई स्वस्थ र पोषिलो खानामा पहुँच दिलाउने उद्धेश्यले निःशुल्क खाद्य सामग्री वितरण कार्यक्रम सातौं पटक सम्पन्न गरेको छ ।  

अमेरिकी समयअनुसार मंगलबार अपरान्ह ४ बजे उक्त कार्यक्रम भब्यताका साथ सम्पन्न भएको फाउण्डेशनले जनाएको छ । 

न्यूयोर्कको ब्रुक्लिन बोरो प्रेसिडेन्ट एरिक अडाम्ससँग सहकार्य गरी द क्याम्पेन एगेन्स्ट हङ्गरद्वारा निःशुल्क वितरण फाउण्डेशनको कार्यालय अगाडिबाट गरिएको हो । 

प्रेसिडेन्ट एरिक अडाम्सले यसै फाउण्डेशनलाई २५० ब्याग स्वस्थ खानेकुरा सहयोग स्वरुप प्रधान गरेका थिए । खाद्य सामग्रीहरु वितरण लाइन अनुसार क्रमशस् ६ फीटको दूरीमा लाइन लागेर नेपाली लगायत विभिन्न समुदायका मानिसहरुलाई वितरण गरेको जानकारी गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेले गराए ।
 
१५० ब्याग स्वस्थ खानेकुरा कार्यालय अगाडि बाँडेर बाँकी रहेको १०० ब्याग रिजहुड (क्वीन्स र ब्रुक्लीनकै बोर्डर) मा पुगेर खाद्य सामग्रीहरु वितरण गरिएको थियो । 

फाउण्डेशनको निःशुल्क खाद्य सामग्री वितरण कार्यक्रममा तन, मन र बचन दिएर खट्ने स्वयंसेवकहरु क्रमशः उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य एवम् समुदाय सम्बन्ध निर्देशक छिरिङ्ग राप्के लामा, केन्द्रीय सदस्य सूर्य सिंखडा र नेपाल तरुण दल अमेरिकाका उपाध्यक्ष अनन्तराज सुवेदीहरु थिए । 

फाउण्डेशनको निःशुल्क खाद्य सामग्री वितरण कार्यक्रममा उपस्थित भई सहयोग गर्नेमा क्रमशः रिजहुड नेपाली समाजका पुर्व अध्यक्ष रवि किरण कोइराला, एनआरएनआईसिसि सदस्य प्रमोद सिटौला, नेजससअ–न्युयोर्कका पुर्व संयोजक बिनोद सुवेदी, नेविसंघ अमेरिकाका पूर्व अध्यक्ष प्रभात सापकोटा, युएनआई ग्लोबल युनियन नेपालकी प्रथम निर्वाचित महिला अध्यक्ष कमला पन्त थिए । 

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका ब्रुक्लिन बोरो प्रेसिडेन्ट एरिक अडाम्लाई धन्यवाद एवम् हार्दिक आभार प्रकट गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ