arrow

कोरोना प्रभावितका लागि जनसम्पर्क समितिद्वारा न्यूयोर्कमा राहत वितरण

logo
प्रकाशित २०७७ जेठ १४ बुधबार
101387761_245997946666280_3.jpg

न्यूयोर्क । नेपाली जनसम्पर्क समिति अमेरिकाले कोरोना भाइरस अति प्रभावित न्यूयोर्क राज्यमा रहेका नेपाली विद्यार्थीहरुलाई राहत वितरण गरेको छ ।  

आइतवार न्यूयोर्कमा कोरोना विरुद्ध सचेतना एवं सहयोग समुहमार्फत समितिले विद्यार्थी भीसामा रहेका ५८ जना विद्यार्थीहरुलाई आवश्यक खाध्य सामाग्री वितरण गरिएको नेपाली जनसम्पर्क समितिका सभापति आनन्द विष्टले जानकारी दिए ।

समितिले समूहका स्वयसेवकहरु मार्फत ती विद्यार्थीहरुको घरघरमा पुगेर खाद्य सामग्री वितरण गरेको थियो । आइतबारको राहत वितरणका लागि डिस्ट्रिक्ट ३४ एसेम्ब्ली मेम्बर क्यान्डिडेट नुअला ओ’डोहर्थी नारान्जोले ५८ जना विद्यार्थीहरुलाई थप खाद्य सामग्रीहरु उपलब्ध गराएकी थिइन्। खाद्य सामग्रीसहित उनी स्वयम् सहभागी थिइन्।

समूहले विगत पांच हप्तादेखि हरेक साता यसरी राहतस्वरुप विद्यार्थीहरुलाई खाद्य सामग्री वितरण गर्दै आएको छ। यस क्रममा सो समूहले तीन सय नेपाली विद्यार्थीहरुलाई यसरी खाद्य सामग्री राहतस्वरूप वितरण गरिसकेको छ।

समूहको माध्यमबाट यसअघि न्यूयोर्कमा मास्क, ह्याण्ड स्यानिटाइजर,पन्जा,टाइलोनल लगायतका अत्यावश्यक सामाग्री वितरण गरी सेवा प्रदान गरेको थियो। 

यस क्रममा एक हजारभन्दा बढीलाई त्यस्ता अत्यावश्यकीय सामाग्री प्रदान गरेको र यसका लागि विभिन्न राज्यमा रहेका नेपाली दाजुभाई र दिदीबहिनीहरुले सहयोग गरेको सो समूहको समेत संयोजन गरिरहेका विष्टले जानकारी दिएका छन्। विष्ट कांग्रेसका आमन्त्रित केन्द्रीय  सदस्य समेत हुन्।

आइतवार वितरण गरिएको राहतका लागि जनसम्पर्क समितिका सदस्यहरुले सहयोग गरेका थिए। राहत वितरणपछि सभापति विष्टले स्वयम्सेवक र सहयोगीहरुलाई धन्यवाद दिएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ