arrow

तीन दिन पैदल हिँडेर आएका वृद्धको क्वारेन्टाइनमा मृत्यु

logo
प्रकाशित २०७७ जेठ १४ बुधबार
senoir-citizen.jpg

धम्बोझी । बर्दियाको गुलरिया नगरपालिकाको क्वारेन्टाइनमा रहेका एक वृद्धको बुधबार मृत्यु भएको छ । 

गुलरिया– ४ स्थित बबई क्याम्पसको क्वारेन्टाइनमा बसेका वडा नं ९ गोडियनपुर  का  ५५ बर्षीय जोधि गोडियाको बिहान मृत्यु भएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए। 

ज्याला मजदूरीका लागि अछाम गएका उनलाई तीन दिन पैदल हिँडेर मङ्गलबार घर फर्कने क्रममा क्वारेन्टाइनमा राखिएको थियो ।  

उनीसँगै फर्किएका १६ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।  उनको स्वाब परीक्षण रिपोर्टपछि मात्रै कोरोना भए नभएको थाहा हुने जनस्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ