arrow

दाङका क्वारेन्टाइनमा वसेकाहरु भन्छन् - सरकार यही हो मापदण्ड अनुसारको क्वारेन्टाइन ? (भिडियो)

logo
नारायण वली,
प्रकाशित २०७७ जेठ १४ बुधबार
qurantine1.jpg

रुपन्देही । दाङको घोराही उप–महानगरपालिका वडा नं. ५ धर्नामा निर्माण गरिएका क्वारेन्टाइनहरु डब्लुएचओ तथा कोरोना भाइरस (कोभिड–१९) सम्वन्धि क्वारेन्टाइन सञ्चालन तथा व्यस्थापन गर्न बनेको २०७६ मापदण्ड अनुरुप क्वारेन्टाइन निर्माण नभएको पाईएको छ । 

पछिल्लो समय छिमेकी मुलुक भारतबाट गाउँ जाने मानिसहरुको संख्या वढ्दै जाँदा उनीहरुलाई व्यवस्थापन गर्न वनाईएका स्थानिय क्वारेन्टाइनहरु डब्लुएचओको मापदण्ड विपरित निर्माण गरिएको पाईएको हो ।

श्री हरी ओम प्रावी भैसापथ्रा, नैनवारमा स्थानपना गरिएको क्वारेन्टाइनमा भारतबाट आएका मानिसहरुलाई राखिएको छ । सो क्वारेन्टाइनमा वसेका १३ जना मध्ये १ जना महिला रहेकी छिन् । सरकारले भारतबाट गाउँ जानेहरुको लागि मापदण्डलाई पालना गर्दै, क्वारेन्टाइन निर्माण गरी सोही ठाउँमा व्यवस्थापन गर्नुपर्ने जनाएपनि तर स्थानिय तहमा स्थापना गरिएका क्वारेन्टाइनहरु गाई गोठ हुन कि, अरु केही हो भनी छुट्याउन गाह्रो हुने अवस्थामा रहेका छन् ।

उक्त क्वारेन्टाइनमा वस्दै आएका एक व्यक्तिले भने सरकारले आफुहरुलाई उपेक्षा गरेको वताउँदै, न स्वास्थ्यकर्मी न सुरक्षाकर्मी केही पनि व्यवस्था नभएको वताए । पिउने पानी र खानाको समेत व्यवस्था नभएकाले घरपरिवारले नै खाना पु¥याई रहेको भन्दै, आफुहरुलाई क्वारेन्टाइनको अनुभूति नभई, पशु वस्ने गाईगोठको रुपमा लिएको वताए । 

यता घोराही उप– महानगरपालिका वडा नं.५ धर्नाका वडाध्यक्ष विष्णुमणि दाहालले यती भएपनि व्यवस्थापन गर्न सकेको वताउँदै, वडामा पर्याप्त रकम नभएको र सरकारले क्वारेन्टाइन व्यवस्थापनका लागि छुट्टै रकम प्रदान नगरेको भन्दै, आफुले सुरक्षाकर्मीको व्यवस्थापनका लागि जिल्ला प्रहरी कार्यालय दाङमा जानकारी गराउँदा जनशक्ति नभएको र माथिबाट क्वारेन्टाइनमा जान आफुहरुलाई आदेश नभएको भनी प्रतिक्रिया दिएको जनाएका छन् ।

तर दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले (हाम्रा कुरा) संग कुराकानी गर्दै, सवै क्वारैनटाईनहरुमा प्रहरी २ जना भएपनि पठाएको वताएका छन् । यस्तै समस्यामा वस्न वाध्य भएका दाङको लमहीमा रहेको क्वारेन्टाइनमा वसेकाहरुले यसरी आफ्ना दुखेसाहरु पोखेका छन् ।

कोरोना भाइरस सम्बन्धि क्वारेन्टाइन सञ्चालन तथा व्यवथापन मापदण्ड २०७६ अनुसार क्वारेन्टाइनमा स्वास्थ्यकर्मीको टोली रहने र नियमित स्वास्थ्य जाँच गर्नुपर्ने, सञ्चार, सडक, पानी, बिजुली र भौतिक पर्वाधार सफा हुनुपर्ने लगायत समेटिएको छ भने त्यस्तै, क्वारेन्टाइनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाई टिमको लागि छुट्टै भवन एंव क्वारेन्टाइनमा रहेकोहरुको खानपिनको व्यवस्था हुनुपर्ने उल्लेख गरिएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ