arrow

अहिलेसम्मकै धेरै संक्रमित थपिए, १ सय १४ जना थपिदा नेपालमा कोरोना संक्रमित ८ सय ८६ पुगे

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ १४ बुधबार
corona-nepal-health.jpg

काठमाडौं। नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या झण्डै ९ सय पुगेको छ। बुधवार संक्रमितको  संख्या १ सय १४ जना थपिदा नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ८ सय ८६ पुगेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनका क्रममा एकै दिनमा सयभन्दा बढी संक्रमित थपिएको जनाएको हो । एकैपटक सय भन्दा बढी संक्रमित थपिएको यो पहिलो पटक हो। यसअघि मंगलवार ९० जना संक्रमित थपिएका थिए ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले संक्रमितमध्ये धरानमा गरिएको परीक्षणमा सप्तरीका ११ जनामा संक्रमण पुष्टि भएको, कोशी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा झापाका १५ जना संक्रमित भेटिएको बताए। हेटौंडामा गरिएको परीक्षणमा एक जना हेटौंडाबासी र रौतहट गढीमाईका ८ जनामा संक्रमण भेटिएको प्रवक्ता देवकोटाले जानकारी दिए ।

पोखरामा गरिएको परीक्षणमा बाग्लुङका ६ जनामा संक्रमण देखिएको छ भने दाङमा गरिएको परीक्षणमा रूकुम पूर्वका ३ जना, घोराहीका ७ जना, लमहीका ८ जनामा संक्रमण देखिएको छ ।

भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका १६ जनामा संक्रमण देखिएको छ भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा सिराहाका १ जना, स्थायी ठेगाना सिराहा भई हाल सप्तरी रहेका १ जना, बाराका ७ जना, रौतहट ठेगाना भई बारामा रहेका १ जना, रौतहटका २६ र मदरसामा रहेका २ जनामा संक्रमण भेटिएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ