arrow

आर्थिक वर्ष २०७७-७८ को बजेट प्रस्तुत बिहीबार ४ बजे

logo
रासस,
प्रकाशित २०७७ जेठ १४ बुधबार
budget-20181.jpg

काठमाडौं। आगामी आर्थिक वर्ष २०७७-७८ को राजश्व र आयको विवरण (बजेट) सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा बिहीबार अपराह्न ४ बजे प्रस्तुत हुने भएको छ। नेपालको संविधानबमोजिम हरेक वर्ष जेठ १५ गते सरकारले संसद्मा वार्षिक बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ। प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बैठकका लागि दिउँसो ३:४५ बजे अगावै उपस्थित भइसक्न सबै सदस्यलाई आग्रह गरे।

आजको बैठकमा सभामुख सापकोटाले सार्थक वार्ता र संवादका निम्ति सुझाव र अध्ययनका लागि गत साउन २० मा गठित कार्यदलको अवधि संसद्को चालू अधिवेशनसम्म कायम हुने गरी गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको थियो। संयुक्त बैठकपछि बिहीबार साँझ ६ बजे प्रतिनिधिसभाको अर्को बैठक बस्नेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ