arrow

सर्वदलीय बैठकको निर्णय संसदलाई जानकारी गराउन कांग्रेस नेता मिनेन्द्र रिजालको माग (भिडियो)

logo
प्रकाशित २०७७ जेठ १४ बुधबार
mp-minendra-rijal-nc.jpg

काठमाडौं। सर्वदलीय बैठकको निष्कर्ष तथा सहमति संसदलाई जानकारी दिने परम्परा शुरु गर्न प्रधानमन्त्रीसँग कांग्रेस नेता डा. मिनेन्द्र रिजालले माग गरेका छन्। 

प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै डा. रिजालले भने, ‘प्रधानमन्त्रीज्युले बोलाउनु भएको सर्वदलीय बैठकले संविधान संशोधन प्रस्ताव सबै दलको सहमतिमा छिटो पारित गर्ने निर्णय भएको सुन्यौं, खुसी लाग्यो, यो हाम्रो कर्तव्य पनि हो। अहिलेसम्म यस्ता बैठकका निष्कर्ष सहभागि नेताले आ-आफ्ना दललाई जानकारी दिने चलन छ। अब हामी राजनीतिक संक्रमणको चरणमा छैनौं, संविधान सम्मत राजनीतिक अभ्यास र परम्परा स्थापित गर्दैछौं। त्यस्ता बैठक, विशेषत संसदीय गतिविधिसँग सम्बन्धित बैठकका निष्कर्ष सरकारको तर्फबाट प्रधानमन्त्री या संसदीय ब्यवस्थामन्त्रीले संसदलाई जानकारी दिने परम्परा शुरू गरौँ।’

डा. रिजालले यस्तो प्रचलनले अवका दिनमा त्यस्ता बैठकमा भएका निर्णय संसदीय अभिलेखमा रहने तथा प्रत्यक्ष प्रशारणबाट आम नागरिकको जानकारीमा आउने हुदाँ संसदीय उत्तरदायित्व सुनिश्चित हुने उनले बताए। संबिधानको मर्म र भावना समेत यही रहेको बताउदै संसदीय गतिविधीका निर्णय संसदलाई जानकारी दिने परम्परा सुरु गर्न नेता रिजालले माग गरेका हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ