arrow

खाँडको प्रश्न, 'कार्यसूचीबाट हटाउने सभामुख र मन्त्री नेकपाका अनि दोष कांग्रेसलाई ?

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ १४ बुधबार
balkrishna-khand-parliament_copy.jpg

काठमाडौं। संविधान संशोधन प्रस्ताव पेस गर्ने विषय कार्यसूचीबाट हटाएकोमा नेपाली कांग्रेस संसदीय दलले आपत्ति जनाएको छ। 

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले एक विज्ञप्ति निकालेर सम्भावित कार्यसूचीबाट संविधान संशोधनको विषय हटाउने र उल्टै प्रतिपक्षीलाई आरोप लगाउने काम भइरहेको भन्दै आपत्ति जनाएका हुन्।  

जेठ ११ गते बसेको प्रतिनिधी सभा कार्यव्यवस्था परामर्श समितिको वैठकले जेठ १३ र १५ गतेका लागि प्रतिनिधि सभाको वैठकको कार्यक्रम निर्धारण गरे पनि जेठ १४ का लागि वैठक अथवा कार्यसूची निर्धारित नगरेको उनले बताए।

कांग्रेस प्रमुख सचेतक खाँडले कार्यव्यवस्था परामर्श समितिको बैठकमा संविधान संशोधनको प्रस्ताव पेस गर्नेबारेमा छलफल नै नगर्ने र कार्यसूचीमा राखेपछि पनि फेरि हटाउने सरकारको गतिविधी शंकास्पद रहेको बताएका हुन्।  

सरकार प्रतिपक्ष र संसदमा रहेका दलहरु एक भएर संविधान संसोधनको पक्षमा उभिनु पर्नेमा सम्भावित कार्यसूचीबाट हटाउने कार्यले सरकारप्रति शंका उत्पन्न गराएको कांग्रेसले भनेको छ।

नेकपाबाटै निर्वाचित सभामुख, संसदमा संसोधन विधेयक प्रस्तुत गर्नुपर्ने मन्त्री नेकपाकै, कार्यसूचीबाट कांग्रेसलाई थाहा नै नदिइ हटाउने प्रक्रियामा सभामुख  मन्त्री सहभागि हुने अनि आरोप कांग्रेसलाई लगाउने कार्य निन्दनिय रहेको खाँडले बताए। उनले संविधान संसोधनको विषयमा राष्ट्रिय एकताको भावनाका साथ काम गर्न पनि आग्रह गरे। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ