arrow

स्काउट लिडरहरु भक्तपुर पाँचतल्ले मन्दिरको पुननिर्माणमा

logo
प्रकाशित २०७७ जेठ १४ बुधबार
temple-renovation-bhaktpur.gif

भक्तपुर । नेपाल स्काउट जिल्ला समिति भक्तपुरका स्काउट लिडरहरु भक्तपुरको प्रसिद्ध पाँचतल्ले मन्दिरको जिर्णाेद्धारमा जुटेका छन् । मन्दिर पुननिर्माणको क्रममा जनश्रमदानमा उनीहरु जुटेका हुन् । लकडाउनदेखि प्रत्येक दिन जनचेतनामूलक काममा लाग्दै आएका उनीहरु बुधबार दिनभर पाँचतल्ले मन्दिरको जिर्णाेद्धारमा खटिएका हुन् । 

पाँचतल्ले मन्दिरको जिर्णाेद्धार कार्य अहिले लकडाउनको अवधिमा पनि धमाधम भइरहेको छ । नगरबासीहरुसँग जनश्रमदान माग्दै अहिले दैनिक त्यहाँ काम भइरहेको छ । अहिले त्यहाँ पाँचतल्ले मन्दिरको छाना छाउने काम भइरहेको छ । परम्परा जस्तै झिंगटी इटाले त्यहाँं छाना छाउने काम भइरहेको हो । त्यसका लागि माटो मुछ्ने र त्यसलाई लाइनमा वसी माथि छानासम्म माटो पुयाउने काम अहिले भइरहेको छ । यही काममा स्काउटका लिडरहरु लागिपरेका हुन् । 

नेपाल स्काउट जिल्ला समिति भक्तपुरका प्रमुख आयुक्त कर्माचार्यले यसअघि लकडाउनको जनचेतनामूलक काममा खटिंदै आएका स्काउट लिडरहरु लकडाउनकोवीचमा पहिलो पटक मन्दिर पुननिर्माणको श्रमदानमा जुटेको जानकारी गराए । यसअघि लकडाउन पूर्ण पालना गरी घरबाहिर ननिस्कन माइकिंगलगायतका काममा उनीहरु जुट्दै आएको कर्माचार्यले जनाए । साथै लकडाउनका समयमा तातो खान, साबुन पानीले हात धुनलगायतका जनचेतनामूलक काममा उनीहरु खटिएको कर्माचार्यले जनाए । 

भक्तपुरको पाँचतल्ले मन्दिरको पुननिर्माण लकडाउनको सुरुवातदेखि वन्द भएको थियो । तर दश दिन अघिदेखि काम सुरु भएको थियो । नगरबासीहरुको जनश्रमदानबाट अहिले पनि मन्दिरको पुननिर्माण कार्य भइरहेको छ । मन्दिरको पुननिर्माण यही आर्थिक वर्षभित्र सकाउने योजना छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ