arrow

अमेरिकामा फेरि बढे कोरोना संक्रमित र मृतक

logo
प्रकाशित २०७७ जेठ १५ बिहिबार
usa-trump-final.jpg

काठमाडौं । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दैनिक बढ्दै गइरहेको छ । केही दिन संक्रमित र मृतक घटे पनि बुधबार फेरि मृतक र संक्रमित बढेका छन् । 

बुधबार बिहानसम्म पछिल्लो २४ घण्टामा १९ हजार ४९ जना संक्रमित थपिँदा ७७४ जना मृतक थपिएका थिए । संक्रमितको दर उही रहँदा मृतक १५ सयबाट आधा घटेका थिए ।

तर बिहीबार बिहान पछिल्लो २४ घण्टामा २० हजार ५४२ जना संक्रमित थपिँदा मृतक १ हजार ५३५ जना भएका छन् । 

केही दिन सुस्त छाएको यो संख्या पुनः बढेको हो । 

अहिलेसम्म अमेरिकामा १७ लाख ४५ हजार ७९९ जना संक्रमित भएका छन् । १ लाख २ हजार १०७ जना मृतक पुगेका छन् ।  

४ लाख ८९ हजार २९८ जनालाई मात्र निको भाएको छ । सबैभन्दा प्रभावित न्यूयोर्कमा ३ लाख ७४ हजार ६७० जना संक्रमित भएका छन् । मृतक २९ हजार ५५३ जना पुगेका छन् । 

दोस्रो स्थानको न्यूजर्सीमा १ लाख ५७ हजार ८१८ जना संक्रमित पुगेका छन् । ११ हजार ३४१ जना मृतक थपिएका छन् । 

पछिल्लो २४ घण्टामा क्यालिफोर्नियामा सबैभन्दा बढी १ हजार ७७९ जना संक्रमित थपिएका छन् । त्यसैगरी सबैभन्दा बढी मृत्यु इलिनोइसमा १६० जनाको ज्यान गएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने कोरोना संक्रमित र मृतक घटेको भन्दै उनी राजनीतिक क्रियाकलापमा सक्रिय भइरहेका छन् । 

उनी पुनः दोस्रो पटक राष्ट्रपतिका लागि प्रयासरत छन् । उनी कोरोना नियन्त्रणमा पूर्णरुपले असफल भए पनि आफ्नो रवाफ भने कायम राखेका छन् । 

ट्रम्पले कोरोनाका विषयमा आफूलाई विवादमा पनि ल्याएका छन् । उनले कोरोना रोक्न आफूले औलोको औषधि खाएको पनि बताएका छन् । 

विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको सहयोग रोक्ने अभिव्यक्ति दिएपछि डब्लुएचओले पनि औलोको औषधि नखान सबैलाई चेतावनी दिएको छ । यसबाट मानिसको ज्यान जाने भन्दै प्रतिवन्ध नै लगाएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ