arrow

चरम स्थितिमा पुग्यो ब्रजिल र रुसमा कोरोना संक्रमण

logo
प्रकाशित २०७७ जेठ १५ बिहिबार
corona-hospital1.jpg

काठमाडौं । ब्रजिल र रुसमा कोरोना भाइरसको स्थितिमा चरममा पुगेको छ । अमेरिकापछि सबैभन्दा ग्रस्त मुलुकहरुमा ब्रजिल र रुस रहेका छन् । 

विश्वका युरोपेली अन्य मुलुकहरुमा कोरोनाको संक्रमण कमजोर बन्दै जाँदा ब्रजिल र रुसमा स्थिति चरममा पुगेको हो । 

पछिल्लो डेढ महिनादेखि निरन्तर उच्च गतिमा संक्रमित थपिएपछि ब्रजिल दोस्रो र रुस तेस्रो स्थानमा पुगेका छन् । 

ब्रजिलमा अहिले दैनिक १५ हजारको हाराहारीमा संक्रमित बढेकामा बिहीबार बिहानसम्म यो संख्या २४ घण्टामा १९ हजार ४६१ पुगेको छ । 

रुसमा ९ हजारको हाराहारीमा संक्रमित थपिँदै आएका छन् । 

बुधबार पछिल्लो २४ घण्टामा ब्रजिलमा १५ हजार ६९१ जना संक्रमित थपिएकामा ब्रजिलमा त्यो संख्या बढेर बिहीबार बिहान १९ हजार ४६१ पुगेको हो । 

योसंगै ब्रजिलमा संक्रमित ४ लाख ११ हजार ८२१ पुगेका छन् । मृतकको संख्या १ हजार ४९ जना थपिएर २५ हजार ५९८ पुगेको छ । बुधबार १ हजार २७ जना नयाँ मृतक थपिएका थिए । पहिलो पटक ब्रजिलमा सबैभन्दा बढी मृत्यु भएको हो । लगातार दोस्रो दिन मृतक हजार नाघेका छन् । 

त्यसैगरी रुस तेस्रो स्थानमा छ । रुसमा अहिलेसम्म ३ लाख ७० हजार ६८० संक्रमित पुगेका छन् । २४ घण्टामा बिहीबार बिहानसम्म ८ हजार ३३८ जना संक्रमित थपिएका छन् । बुधबार बिहान ८ हजार ९१५ जना नयाँ संक्रमित थपिएका थिए ।

रुसमा मृतकको संख्या ३ हजार ९६८७ पुगेको छ । पछिल्लो २४ घण्टामा १६१ नयाँ संक्रमित थपिएका हुन् । 

यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसमा कोरोना भाइरसको संक्रमण उच्चतम विन्दुमा पुगिसकेको घोषणा गरेका छन्। 

राष्ट्रपति पुटिनले विज्ञहरुको भनाईमा रुसमा कोरोना भाइरस संक्रमणले उच्चतम विन्दु पार गरेको बताएको रुसी रक्षामन्त्री सर्गेइ सोइगुले जानकारी दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ