arrow

लकडाउनको मौका छोपी शिक्षकद्धारा १५ बर्षीया बालिकामाथि करणी !

logo
प्रकाशित २०७७ जेठ १५ बिहिबार
Child-rape.jpg.jpeg

तौलिहवा । कोरोना भाइरसका कारण जारी लकडाउनको बेला कपिलवस्तुमा शिक्षकबाटै महाराजगंज नगरपालिका वडा २ उनवलियामा १५ बर्षीया बालिका बलात्कृत भएकी छिन् ।

नगरपालिका वडा नम्बर १ स्थित नेपाल राष्ट्रिय आधारभुत विद्यालय औराहाका शिक्षक २८ बर्षीय गोरखनाथ लोहारले बालिकालाई बलात्कार गरी फरार भएका छन् । लोहारले मंगलवार राति बालिकालाई घरबाट तानेर घरको पछाडि लगी बलात्कार गरेको बालिकाका परिवारले आरोप लगाएका छन् ।

घर पछाडि अचेत अवस्थामा बालिकालाई परिवारले फेला पारेको थियो । सो लगत्तै पीडित बालिकाका परिवारले प्रहरीलाई त्यसबारे जानकारी गराएको थियो । पीडक लोहारलाई समात्न खोज्दा गाउँका केहीले उनलाई भगाएको पीडीत बालिकाको परिवारले गुनासो गरे ।

बालिकाको बहादुरगंज अस्पतालमा स्वास्थ्य जाँचसमेत गरिएको छ । पीडित बालिकाका परिवारले लोहार विरुद्ध वडा प्रहरी कार्यालय चन्द्रौटामा किटानी जाहेरी दिने बताएको छ । 

बालिकालाई राती बहादुरगंजमा रहेको शिवराज अस्पतालमा स्वास्थ चेकजाँच गरिएको र फरार भएका पिडक लोहारको खोजी कार्य जारी रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक दिपेश खरेलले बताए । 

लकडाउनका बेला कपिलवस्तुमा बलात्कारका घटना बढेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ