arrow

दार्चुलामा पहिलो पटक २१ वर्षीय पुरुषमा कोरोना, उनीसंगै धारचुला नाकाबाट आएका ३१९ को रिपोर्ट आउँदै 

logo
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७७ जेठ १५ बिहिबार
covid-test-positive-corona.jpg

दार्चुला । दार्चुलामा पहिलो पटक २१ वर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ । जेठ ८ गते धारचुला नाकाबाट भित्रिएका महाकाली नगरपालिकाका पुरुषमा कोरोना पुष्टि भएको हो । 

उनी भारतको दिल्लीबाट आएको बुझिएको छ । युवकको ढिलो गरी आएको (पीसीआर) रिपोर्टमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले जानकारी दिए । 

जेठ ८ गते धारचुलाको नाका खुलाइ उनीसंगै ३१९ जना भित्रिएका थिए । २१ वर्षीय युवक महाकाली नगरपालिकाको क्वारेन्टाइनमा बसेको थिए । उनी संगै बसेका अन्यको रिपोर्ट आउन बाँकी रहेको छ ।

कोरोना सक्रमितको जिल्ला अस्पत्ताल दार्चुलामा उपचार भइरहेको अस्पताल श्रोतले जनाएको छ । तर उनको कोरोना पुष्टि नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ