arrow

दार्चुलामा पहिलो पटक भेटिए कोरोना संक्रमित, २१ वर्षीय पुरुषमा भेटियो

logo
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७७ जेठ १५ बिहिबार
darchula-border-bridge-coro.jpg

दार्चुला। दार्चुलामा पहिलो पटक २१ वर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ । जेठ ८ गते धार्चुला नाकाबाट भित्रिएका महाकाली नगरपालिकाका २१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । उनी भारतको दिल्लीबाट आएको बुझिएको छ ।

युवकको ढीलो गरी आएको (पीसीआर) रिपोर्टमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले जानकारी दिए ।

जेठ ८ गते धार्चुलाको नाका खुलाइ उनीसंगै ३१९ जना भित्रिएका थिए । २१ वर्षीय युवक महाकाली नगरपालिकाको क्वारेन्टाइनमा बसेको थिए । उनीसंगै बसेका अन्यको रिपोर्ट आउन बाँकी रहेको छ ।

कोरोना संक्रमितको जिल्ला अस्पत्ताल दार्चुलामा उपचार भइरहेको अस्पताल श्रोतले जनाएको छ । तर उनको कोरोना पुष्टि नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ