arrow

बग्दादमा भएको अमेरिकी हवाई कारबाहीमा १७ मारिए

logo
प्रकाशित २०७३ वैशाख २३ बिहिबार
Drone-attack.jpg.jpeg
बग्दाद । इराकको राजधानी बग्दादबाट उत्तरतर्फ रहेको एक नगरमा अमेरिकी सेनाको हवाई कारबाहीमा परी कम्तीमा पनि १७ जना सर्वसाधारण मारिएको समाचार छ । 
 
इराकको उत्तरी नगर ताल अफरमा सो कारबाही भएको र त्यसम परी १७ जना सर्वसाधारण मारिएको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ । अल जाजिरा टेलिभिजनले सो आक्रमण बिहीबार बिहान भएको जानकारी पाएको समाचारमा जनाएको छ । 
 
मारिनेमा १२ जना बालबालिका परेका छन् । त्यस्तै तीन जना महिला पनि मारिनेमा परेका सो टिभीले जनाएको छ । तर यस विषयमा इराकी सरकारको आधिकारिक जानकारी भने छैन । इराकमा इस्लामिक स्टेट्सका विरुद्धमा अमेरिकी सेनाले गतवर्षदेखि नै कारबाही गर्दै आएको छ । 
 
यसै क्रममा विगतमा पनि अमेरिकी सेनाले गर्ने गरेका यस्ता कारबाहीमा पनि भूलबस हुन पुगेको जानकारी दिने गरेको थियो । तर बिहीबारको यस कारबाहीका बारेमा भने अमेरिकी सेनाले केही जानकारी दिएको छैन । हाल इराकमा अमेरिकी नेतृत्वका विभिन्न देशका सेनाले आइएस विरुद्धमा कारबाही गर्ने गर्दछन् । 
 
प्रारम्भिक रुपमा गरिएको अनुमानमा उक्त क्षेत्रमा आइएसका लडाकू रहेको आशङ्कामा सेनाले हवाई हमला गरेको हुनसक्ने बताइएको छ । सिन्ह्वा 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ