arrow

कांग्रेस केन्द्रीय समिति शनिबार, विश्वप्रकाशले भने –कम्युनिष्ट सरकारका मन्त्री या मुख्यमन्त्रीलाई कांग्रेसको सहायक प्रवक्ता नियुक्त गरिएको छैन 

logo
प्रकाशित २०७७ जेठ १५ बिहिबार
bishwaprakash-sharma1.jpg

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक शनिबार बस्ने भएको छ । संविधान संशोधनको विषयमा निर्णय गर्न कांग्रेसको केन्द्रीय समिति बैठक बस्न लागेको हो । 

सरकारले नेपालको नयाँ नक्सा अद्यावधिक गर्दै संविधान संशोधन गर्नका लािग संसदमा दर्ता गरे पनि बुधबारको बैठकमा प्रस्ताव एकाएक गायब पारेपछि ओलोचित बनेको थियो । 

तर नेकपाको सरकारका मन्त्री तथा नेता एवं सांसदहरुले भने कांग्रेसका कारण प्रस्ताव ल्याउन नसकेको बताएका थिए । 

त्यसलगत्तै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ‘प्रस्ताव ल्याउँदा कांग्रेस नचाहिने फिर्ता गर्दा दोष लगाउने ? को गर्दैछ यो षड्यन्त्र ?’ भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ट्याग गर्दै सामाजिक संजाल ट्वीटरमा लेखेका थिए, ‘प्रक्रिया सुचारु गर्नोस् । केसको बैठक बसेर संस्थागत निर्णय साथ नयाँ नक्सा र शंसोधनको पक्षमा उभिने जानकारी सर्वदलीय बैठकमै दिझसकेका छौं । यसमा हामी चट्टानी रुपले दृढ छौं – रहन्छौं ।’

कांग्रेस केन्द्रीय समिति बैठक नबसेको भन्दै संविधान संशोधन गर्न कांग्रेसले नचाहेको आरोप नेकपाका नेताहरुले लगाएका थिए । 

त्यसैगरी भारतीय केही संचारमाध्यमले पनि नेपाल संविधान संशोधनबाट पछि हटेको भन्दै त्यसको दोष कांग्रेसलाई लगाएको थियो । 

बिहीबार ट्वीटरमै ट्वीट गर्दै प्रवक्ता शर्माले शनिबार केन्द्रीय समिति बैठक बस्ने बताएका हुन् । उनले कम्युनिष्ट सरकारका कुनै मन्त्री या मुख्यमन्त्रीलाई कांग्रेसको सहायक प्रवक्ता नियुक्त नगरिएको पनि स्पष्ट पारेका छन् । 

उनले कांग्रेसको धारणा चाहिए आफूलाई सोध्न पनि आग्रह गर्दै लेखेका छन्, ‘कम्युनिस्ट सरकारका केही मन्त्री या कोहि मुख्यमन्त्रीलाई नेपाली कांग्रेसको धारणा व्यक्त या ब्याख्या गर्न ञसहायक प्रवक्ताझ नियुक्त गरिएको छैन । न भारतीय मिडियालाई ञमुखपत्रझको दायित्व दिइएको छ । कांग्रेस प्रवक्तालाई शोध्नोस् कांग्रेसको धारणा कि कुर्नोस् जेठ १७ को केन्द्रीय समिति ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ