एजेन्सी । निर्माता-निर्देशक राम गोपाल वर्मा (आरजीवी) ट्विटरमा आएसँगै उनका कयौ ट्वीट विवादित बनेका छन् । केहि महिना पहिले श्रीदेवी र हालै सन्नी लियोनीलाई लिएर उनले ट्वीट गरेका थिए ।
राम गोपाल वर्मा ट्विटरमा मात्र नभएर आफ्नो अन्तरवर्ता र च्याट सेक्सनमा पनि बोल्ड बयान दिन पछि पर्दैनन् । भारतिय सञ्चार माध्यम दैनिक भाष्करका अनुसार वर्माले च्याट सेक्शनमा उनि इन्टरनेटमा पोर्न साइट बाहेक अन्य केहि हेर्ने नगरेको बताएका छन् ।
राम गोपाल वर्माले हालै सन्नी लियोनीलाई लिएर कयौ ट्वीट गरे । ट्वीटमा प्रश्न गरेका छन्, कर्नाटक विधानसभामा पोर्न हेर्ने विधायक वा सन्नी लियोनी मध्ये ज़्यादा ईमानदार को छ । त्यस्तै अर्को ट्वीटमा उनले सरकार र सन्नी लियोनीमा कसले भारतका जनताहरुको खुशि हेर्न चाहान्छ भने ।
राम गोपाल वर्माले आफ्नो यूट्यूब च्यानल आरजीवी टाकीजको लागि पहिलो शर्ट फिल्म 'सिंगल एक्स' बनाएका छन् । चलचित्रको टीजर हेरेरनै थाहा हुन्छ कि निर्देशक कति बोल्ड र इरोटिक छन् ।