arrow

शिक्षा, विज्ञान तथा प्रविधिमा एक खर्ब ७१ अर्ब ७१ करोड

logo
प्रकाशित २०७७ जेठ १५ बिहिबार
Education-ministry.jpg.jpeg

काठमाडौं। सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको कार्यक्रम कार्यान्वयन गर्न रु एक अर्ब ७१ अर्ब ७१ करोड बजेट विनियोजन गरेको छ। अर्थमन्त्री डा युवराज खतिवडाले सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत भएको आगामी आवको बजेटमा आधुनिक राष्ट्र र ज्ञानमा आधारित प्रतिस्पर्धी, उन्नत अर्थतन्त्र निर्माणका लागि विज्ञान तथा प्रविधिको विकास गर्ने लक्ष्यसहित बजेट विनियोजन गरेका छन्।

बजेटमा विज्ञान तथा प्रविधिका क्षेत्रमा विश्वस्तरको अध्ययन, अनुसन्धान हुने विशिष्टिकृत विश्वविद्यालयका रुपमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको पूर्वाधार निर्माण गरी शैक्षिक कार्यक्रम शुरु गर्न बजेट विनियोजन गरिएको उल्लेख छ। उक्त प्रयोजनका निम्ति सरकारले आगामी आवका लागि रु एक अर्ब २५ करोड विनियोजना गरेको छ।

राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई सुदृढ गर्दै सबै प्रदेशमा एक–एक विधि विज्ञान प्रयोगशाला स्थापना गर्ने क्रममा आगामी वर्ष दुई प्रदेशमा प्रयोगशाला सञ्चालन गरिनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ