arrow

आमाको हत्या पछि छोराले घाँटी रेटेर गरे आत्महत्या

logo
विवेक मिश्र,
प्रकाशित २०७७ जेठ १५ बिहिबार
killing.jpg

बेलबारी। मोरङको बेलबारी नगरपालिका ४ काकुम बुधबारेमा एक युवाले आफ्नी आमाको हत्या गरि आफुले पनि आत्महत्या गरेका छन् ।

बिहिबार ३१ बर्षिय जीवन लिम्बुले चुलोबाट ईटा निकाली प्रहार गर्दा ६१ बर्षीया आमा देबीकुमारी लिम्बुको घट्नास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषीराज ढकालले बताए ।

आमाको हत्या गरेपछि हतार हतार गरी जीवनले छिमेकीको भान्सा घरमा छिरेर तरकारी काट्ने चक्कुले आफनो घाटी रेटेर घाइते भएको प्रहरी निरीक्षक ढकालले बताए ।

ढकालका अनुसार घाइते जीवनको उपचारका क्रममा सामुदायिक नोवेल अस्पताल बेलाबारीमा मृत्यु भएका हो। जीवन लागु औषध दुर्व्यसनी रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

आमा-छोरा बिच सामान्य झगडा हुँदा जीवनले इटा प्रहार गरेर आमाको हत्या गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ। उनको शब पोष्टमार्टमको लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ