arrow

एलजीको सामान खरिद गर्ने ग्राहकलाई कोभिड-१९ को चार लाख सम्मको बीमा अफर

logo
प्रकाशित २०७७ जेठ १५ बिहिबार
lg-corona-insurance.jpg

काठमाडौं। चौधरी ग्रुप अन्तर्गतको सिजी इलेक्ट्रोनिक्स प्रालिले विश्वभर महामारीको रुप लिएको कोरोना भाईरस कोभिड-१९ को प्रकोपलाई लक्षित गर्दै नेपालमा आफ्ना ग्राहकहरुको लागि बीमा गर्ने योजना सार्वजनिक गरेको छ।

कम्पनीले आफ्ना ग्राहकको सुविधा तथा स्वास्थ स्थितिको सुरक्षा चासो राख्दै कोरोना भाईरस कोभिड-१९ बीमा गर्ने व्यवस्था मिलाएको बताएको हो। यस कार्यक्रममा ग्राहकहरुले अनलाईन मार्फत बुकिङ तथा खरिद गर्न सक्ने समेत जनाइएको छ।

कम्पनीका अनुसार ग्राहकले कम्पनीले तोकेको मापदण्ड तथा शर्तहरु अध्ययन गरी सामान अर्डर गर्न तथा आफ्नो विवरण भरेर सजिलै ४ लाख सम्मको कोरोना भाईरस कोभिड-१९ बीमा गर्न सक्ने बताइएको छ। उक्त बीमा प्रक्रियाको सम्पुर्ण जानकारी कम्पनीको अनलाईन वेवसाईट www.cgdigital.com.np मा गएर हेर्न सकिने कम्पनीले बताएको छ।

सो कार्यबाट हाल नेपालमा पनि महामारीको रुपमा आएको कोरोना भाईरस कोभिड-१९ बाट सर्वसाधारण ग्राहकको साथै नेपाल सरकारलाई समेत सहयोग पुग्ने कम्पनीको अपेक्षा छ। यस योजनमा ग्राहकले विना कुनै झन्झट सहभागि हुन सक्ने बताइएको छ । यो योजना नेपाली नागरिकको लागि लक्षित गरेर सार्वजनिक गरिएको बताइएको छ।

यस योजनामा ग्राहकले आफुलाई आवश्यक परेको इलेक्ट्रोनिक्स सामान खरिद गर्दा आफ्नो स्वास्थ्यको लागि बीमा पनि हुने भएकोले यो योजना ग्राहकको रोजाईमा पर्ने कम्पनीले बिश्वास लिएको गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ