arrow

कपिलवस्तुमा नयां २४ थपिएसंगै कोरोना संक्रमित पुगे १३२  

एक जना भारतबाट आएका अर्घाखाँचीका पुरुषको  मुत्युको कारण पनि कोरोना 

logo
मणि प्रसाद गैेह्रे, 
प्रकाशित २०७७ जेठ १६ शुक्रबार
coronavirus-hamrakuras1.jpg

कपिलवस्तु । कपिलवस्तुको ३ स्थानिय तहमा २४ कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार विजयनगर गाँउपालिका ९ जना , कपिलवस्तु नगरपालिकामा १३ जना  र महाराजगंज नगरपालिकामा १ जना थपिएका हुन् । 

बाँकी एक जनाको भारतबाट कृष्णनगर आउने क्रममा कोरोना संक्रमण भएर मृत्यु भएको हो । उनको स्वाब परिक्षण गर्दा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।  उनको ठेगाना अर्घाखाँची जिल्ला रहेको छ । 

पुष्टि भएकामध्ये विजयनगर गाउँपालिका वडा ३ का बर्ष २३, ३० वर्षका पुरुष २ जना, वडा ५ का बर्ष २६ का पुरुष १ जना, वडा ७ का बर्ष ४३,५२,३७,३९,४०,२७ का ६ जना  पुरुष रहेका छन् ।

यसैगरी कपिलवस्तु नगरपालिका वडा ७ का बर्ष २७ का पुरुष १ जना, वडा ८ का बर्ष ३६, ४०, १७, ४४, २३, ३५, २५, २८, ३२, २५, ३४, २० का १२ पुरुष रहेका छन् ।

महाराजगन्ज नगरपालिका वडा ७ बर्ष ३० का १ जना पुरुषमा समेत कोरोना भएको छ । यो थप भएसंगै जिल्लामा कोरोना संक्रमण हुनेको संख्या १ सय ३२ पुगेको छ । एक जना अर्घाखाची जिल्लाका रहेका छन् ।  

कपिलवस्तु जिल्लामा दिनहुँ भारतको सिमाबाट नेपालीहरु आउने क्रम जारी रहेको छ । सोही क्रममा परिक्षणको अझै गति लिन सकेको छैन । 

परिक्षणको दायरा बढेमा जिल्लामा अझै संक्रमणको सख्या वृद्धि हुने स्वास्थ्यकर्मी बताउँदछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ