arrow

कोरानापछि फुटबलः इटालियन सिरि ए जुन २० बाट 

logo
प्रकाशित २०७७ जेठ १६ शुक्रबार
italian-seriA.jpg

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण रोकिएको ईटालियन सिरि ए फुटबल जुन २० बाट सुचारु हुने भएको छ । 

सिरि ए गत मार्च ९ मा स्थगित गरिएको थियो । यो महिनाको सुरुवातमै खेलाडीहरुले ब्यक्तिगत अभ्यास सुरु गरिसकेका छन् । समूह चरणको अभ्यास यसै हप्ताबाट सुरु हुनेछ ।

२६ औं चरणका खेल भइरहँदा खेल रोकिएको थियो । सिरि एमा युभेन्ट्स ६३ अंक सहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको लाजियोको ६२ अंक छ । ईन्टर मिलान ५४ अंक सहित तेस्रो स्थानमा रहेको छ । 

एटलान्टा ४८ अंकसहित चौथो स्थानमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ