arrow

कोरोनापछि फुटबलः स्पेनिश ला लिगा जुन ११ देखि 

logo
प्रकाशित २०७७ जेठ १६ शुक्रबार
spanish-league-football.jpg

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण स्थगित भएको स्पेनिस ला लिगा फुटबल जुन ११ तारिखबाट सुरु हुने भएको छ । 

प्रतियोगिता जुलाई १९ तारिखमा सकिने भएको छ । ला लिगा अध्यक्ष जाभियर तेबासले बिहिबार भएको क्लबको बैठकमा प्रतियोगिताको तालिका सार्वजनिक गरेका हुन् । 

उनले सेभिल्ला र रियल बेटिस तथा रायो भालेकानो र अल्बासिटबीको खेलबाट प्रतियोगिता सुरु गरिने बताए ।

ला लिगामा २७ चरणका खेल सम्पन्न भईसकेका छन् । बार्सिलोना ५८ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । 

रियाल मड्रिड ५६ अंक सहित दोस्रो स्थानमा रहेको छ । सेभिया ४७ अंकसहित तेस्रो तथा रियाल सोसिडाड ४६ अंकसहित चौथो स्थानमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ