arrow

इंगलिश प्रिमियर लिग १७ जुनदेखि, बन्द रंगशालामा खेलिने खेल यसरी सकिन्छ हेर्न   

logo
प्रकाशित २०७७ जेठ १६ शुक्रबार
jurgen-klopp.jpg

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण स्थगित भएको इंगलिश प्रिमियर लिग फुटबल जुन १७ तारिखबाट सुरु हुने भएको छ । 

पहिलो दिन नै एस्टन भिल्ला र शेफिल्ड युनाइटेड तथा म्यान्चेस्टर सिटी र आर्सनल खेल्ने भएका छन् । 

लिगमा ९२ खेल्न बाँकी छन् । बाँकी रहेका सबै खेल बन्द रंगशालामै खेलाइने छ । यी खेल स्काइ स्पोर्टस, बीटी स्पोर्ट, बीबीसी स्पोर्ट वा एम्याजोन प्राइमबाट प्रत्यक्ष प्रसारण हुनेछ । 

सन् १९९२ पछि पहिलो पटक बीबीसी स्पोर्टले चार वटा खेल प्रत्यक्ष प्रसारण गर्न थालेको हो । 

स्काइ स्पोर्टले ६४ वटा खेल लाइभ गर्नेछ । 

लिगमा लिभरपुल उपाधि नजिक पुगेको छ । २९ खेलबाट लिभरपुलको ८२ अंक छ भने दोस्रो स्थानको म्यान्चेस्टर सिटीको २८ खेलबाट ५७ अंक छ । 

तेस्रो स्थानको लेस्टरको २९ खेलबाट ५३ अंक छ । केही खेल जित्नासाथ लिभरपुलको उपाधि पक्का हुनेछ । 

नर्विच, एस्टन र बर्नमाउथ रेलिगेशन क्षेत्रमा छन् । 

प्रिमियर लिगसंग आवद्ध ८ खेलाडी तथा क्लबका कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिइसकेको छ । 

लिभरपुल प्रशिक्षक योर्गेन क्लोप ३० वर्षमा क्लबलाई पहिलो उपाधि दिलाउन प्रयासरत छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ