arrow

कोरोना संक्रमित बढेपछि आइशोलेशन निर्माण तीव्र गतिमा 

logo
रबिन्द्र यादव, 
प्रकाशित २०७७ जेठ १६ शुक्रबार
isolation-nawalparasi.jpg

नवलपरासी पश्चिम । नवलपरासी पश्चिमको रामग्राम नगरपालिकाले आईशोलेशन सेन्टर निर्माणमा तिब्रता दिएको छ । प्रदेश ५ सरकारको निर्णय अनुसार नगरपालिकाले वडा ४ जितपुर स्थित पाल्ही बहुमुखी क्याम्पसको भवनमा ३६ देखि ४० बेडको आईशोलेसन सेन्टर बनाउन लागेको हो । 

बनिरहेको उक्त आईशोलेशनमा सामान्य अवस्थाका कोरोना संक्रमित व्यक्तिहरुलाई राखेर उपचार सेवा प्रदान गरिने रामग्राम नगरपालिका नगर प्रमुख नरेन्द्रकुमार गुप्ताले बताएका छन् ।

रामग्राम नगरपालिकाले क्याम्पसको भवनमा बनाईरहेको उक्त आईशोलेश सेन्टरमा ३६ देखि ४० बेडसम्म राख्न सकिने जनाएको छ ।

आईशोलेश सेन्टरमा आवश्यक पुर्वाधार, शौचालय, बाथरुम, चापाकल, बाउण्डरी, खानाको मेस र सरसफाई कार्य भैरहेको छ भने सेन्टरमा वाईफाई, साउण्ड सिस्टम, सिसी टिभि जडान कार्य समेत भैरहेको र आवश्यक सुरक्षा सामग्री र एवं जनशक्ति खटाउने कार्य समेतको तयारी भैरहेको नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले जानकारी दिएका छन् ।

जिल्लाको विभिन्न तहको क्वारेन्टाईनमा रहेका व्यक्तिहरुको क्रोना परिक्षणका लागि स्वाब नमुना काठमाण्डौ पठाइ सकिएकाले उनीहरुको रिपोर्ट आउन वित्तिकै पोजेटिभलाई उक्त आईशोलेसनमा राख्न पर्ने भएकाले आईसोलेश सेन्टर निर्माणमा तिब्रता ल्याइएको नगर प्रमुख गुप्ताले जानकारी दिए । 

उक्त सेन्टर शनिबारदेखि संचालनमा आउने नगरपालिकाले जनाएको छ । हाल जिल्लामा कुल ५ जना कोरोना संक्रमित छन् । तर जिल्लामा आईशोलेश वार्ड नभएपछि उनीहरुलाई उपचारको लागि भैरहवाँ र बुटवल पठाउने गरिएको छ । जिल्लाको ७ वटै स्थानिय तहको क्वारेन्टाईमा गरि कुल १२७४ जना व्यक्ति क्वारेन्टाईमा छन् ।

भारतले मजदुराहरुलाई उनीहरुको गन्तब्यमा पु-याउन ट्रेन र बस संचालन गरेपछि घर फर्किन नेपाली कामदारहरुको चाप बढेको छ जसकारण जिल्लाको ७ वटै स्थानिय तहका क्वारेन्टाईनहरु भरिन थालेका छन् ।

भारतबाट नेपाली नेपाल भित्रिन थालेपछि जिल्लामा कोराना संक्रमणको जोखिम र व्यक्तिहरुमा संक्रमण बढदै गएकाले जिल्लामा २०० बेडको आईशोलेशन बनाउने कार्यमा जुटिएको जिल्ला समन्वय समिति प्रमुख शिवशंकर रायले जानकारी दिए ।

प्रदेश ५ सरकारले तराईका जिल्लामा २०० बेड र पहाडी जिल्लामा १०० बेडको आईशोलेसन सेन्टर बनाउने निर्णय अनुसार जिल्लाको २ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा १००–१०० बेड गरि २ सय बेडको आईशोलेस सेन्टर निर्माण कार्य भैरहेको छ । 

जसम्धये रामग्राम नगरपालिका, सुनवल नगरपालिका र बर्दघाट नगरपालिकाले यसको निर्माण कार्यमा तिब्रता दिएको छ । उनका अनुसार रामग्राम नगरपालिकामा २५, सुनवल नगरपालिमा २५ र बर्दघाट नगरपालिकामा २५ बेडको आईशोलेस तयार भैरहेको छ थप बडेका आईशोलेसनहरु अरु गाउँपालिकामा तयार गरिने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ