arrow

जनकपुरमा दिलवाला मदिरा सहित ट्रक नियन्त्रणमा

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ जेठ १६ शुक्रबार
janakpur1.png

जनकपुरधाम। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको माहामारीको कारण देशमा लकडाउन रहेको तथा नेपाल सरकारले मदिराजन्य पदार्थको ओसार पसार तथा विक्री बितरणमा प्रतिबन्ध समेत लगाएको अवस्थामा रहेको छ।

तर जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ माछा बजारस्थित नेपाल सरकारबाट जारी भएको आदेशको अवज्ञा गर्दै लकडाउनको उल्लंघनगरि  ना. २ ख. ८२७९  नम्बरको ट्रकमा अवैध रुपमा मदिरा लोडगरी  ल्याई गोदाममा राख्दै गरेको  भन्ने सुचनाका आधारमा प्रहरीले पक्राउ गरेको छ।  प्राप्त हुन साथ धनुषा प्रहरीले पक्राउ गरेका हुन् ।

तत्कालै जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी अधिकृतको टोलीले खोजतलाश गर्ने क्रममा  जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ स्थित माछा बजार नजिक ना. २ ख. ८२७९ नं. को मदिरा लोड रहेको ट्रक पार्किङ गरी राखिएको र सो ट्रकबाट मदिराहरु नजिकै रहेको गोदाममा थन्काउने क्रममा बरामद भएको हो ।

ना. २ ख. ८२७९ नं. को ट्रकबाट दिलवाला मदिरा १३२२ कार्टुन, हाईलाईण्डर मदिरा  ९ कार्टुन, गोल्डेन सहारा मदिरा  २३ कार्टुन , व्लु रागर मदिरा ९ कार्टुन  प्रहरीले पक्राउ गरेको छ।

सो मदिराको मुल्य करिब २२ लाख  २२ हजार रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ । त्यो  गोदामबाट  जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ बस्ने ३६  वर्षीय उमेश मण्डलाई  धनुषा प्रहरी नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय धनुषामा पठाईएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ