arrow

मेयर सरावगीको अडियो सार्वजनिक, पैसा नदिए विरामी लैजानुस

सरावगीले भने आफ्नो पालिकाको कोरोना विरामी नलगे सेनाको एम्वुलेन्समा राखेर पठाइदिन्छु

logo
दिपेन्द्र चौहान,
प्रकाशित २०७७ जेठ १६ शुक्रबार
mayor.jpg

पर्सा। नेपालकै आर्थिक नगरिको उपमा पाएको बीरगञ्ज महानगरपालिका साधन स्रोतको हिसावले देशकै ठूलो महानगर हो। संकटको बेला र अप्ठ्यारोमा अरुलाई सहयोग समेत गर्न सक्ने हैसियतको यो महानगरपालिका कोरोना संक्रमणको उपचारका क्रममा आफ्नो त्यो हैसियतलाई विर्सेर आफ्ना छिमेकी पालिकाहरुसँग मोलमोलाईमा समेत लागेको पाइएको छ।
 
मानविय संवेदना देखाउने समयमा समेत महानगरपालिकाका मेयर विजय सरावगी नाफाघाटाको हिसाव गर्दै हिडेका छन्। उनले स्थानिय अन्य पालिकाका अध्यक्ष र मेयरहरुसँग कोरोना संकमित विरामीको उपचारका लागि रकम मागेको र नदिनेहरुका हकमा उनीहरुको विरामी सम्वन्धित पालिकामै लैजान भनेको अडियो सार्वजनिक भएको हो। 

सरावगीले छिमेकी पालिकाका मेयरहरुसँग रकम मात्र मागेका छैनन उनले कोरोना संक्रमित उपचार गराइरहेको नारायणी अस्थायी कोभीड अस्पतालका प्रमुख डा उदय नारायण सिंहलाई फोन गरि बिरगञ्ज बाहेकका अन्य पालिकाका नागरिकलाई उपचार गर्न नसक्ने जानकारी सम्वन्धित पालिकाका प्रमुखहरुलाई गराउन निर्देशन समेत दिएका छन्। 

मेयर सरावगीले पोखरीया वडा नं ९ र ६ का भारतबाट फर्किएका ४ जना संक्रमितलाई अस्पतालमा नराख्न दवाव दिएको नारायणी अस्थायी कोभीड अस्पतालका प्रमुख डा उदय नारायण सिंहले हाम्राकुरालाई जानकारी दिए। 

पोखरिया नगरपालिकाबाट पैसा नआएको भन्दै उनले सम्वन्धित नगरपालिकाको मेयरलाई फोन गरेर आफ्नो पालिकाको विरामी लैजान भनेको सिंहले बताए।  

जवाफमा सिंहले जुम्लाका संक्रमित समेत उपचार भइरहेको छ । अब यसरी क कसलाई कता कता पठाउने यो सम्भव छैन भनेर जानकारी दिएको सिंहले बताए। मानविय संवेदना देखाउने वेलामा विभेदपूर्ण व्यवहार गर्न सक्दैनौ भनेर मेयर सावलाई जानकारी दिएको उनले बताए ।

यसअघी मेयर विजय सरावगीले पोखरिया नगरपालिकाका मेयर दिपनारायण रौनियार मन्टुलाई फोन गरेर अबदेखि नारायणी अस्थायी कोभीड अस्पतालमा महानगरपालिकाका नागरिकलाई मात्र राख्ने जानकारी गराएका थिए। उनले आफूलाई संघीय र प्रदेश सरकारले सहयोग नगरेको अवस्थामा सबैलाई पाल्न नसक्ने भन्दै सुनाएका थिए । 

सरावगीले फोनमा भनेका थिए, “ गण्डक अस्पतालको सम्पूर्ण खर्च मैले महानगरपालिकाबाट मात्रै व्यहोरेको छु । सिदार्थ स्कूलको क्वारेन्टाइनको सम्पूर्ण खर्च मैले नै व्यहोरेको छु। ७५ जना डाक्टर नर्सको खाने बस्ने व्यवस्था मैले नै गरेको छु । उनीहरुको खाने बस्नेमै दैनिक डेढ लाख खर्च भइरहेको छ। ४५ लाख खानामा २५ लाख अस्पतालमा र हावीजावीमा २० लाख गरि मासिक ९० लाख खर्च भइरहेको छ।" 

आफूले भीख मागरेर अस्पताल सधै चलाउन नसक्ने बताएका थिए। उनले भने, “ सधै म भीख मागेर अस्पताल चलाउन सक्दिन। सिपरमाई र जगन्नाथपुर सहितका ५ पालिकाका मान्छेलाई पालेर पठाएकै हुँ।" 

पोखरीयाका मेयरलाई उनले भने, “ तपाइको मान्छेलाई लिन आफ्नो एम्वुलेन्स पठाउनुहोला नत्र म सेनाको एम्वुलेन्समा राखेर पठाइदिन्छु। मैले पहिला पनि टाउनहलमा वैठक गरि तपाइहरुलाई भनेकै थिए। चिठी पनि पठाए फोन पनि गरे। मेरो दुईवटा गाउँबाट २५ लाखका दरले रकम पाउने मेरो मान्छे गोविन्द देवकोटा मार्फत जानकारी पाएको छु। अब जस्को गाउँबाट पैसा आएको छ उसलाई राख्छु अरुलाई राख्दिन।"



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ