arrow

४ खर्ब खोई रे ? दाताले दिउँला भनेका हुन्, पैंसा आएको हो र ?

logo
प्रकाशित २०७३ वैशाख २३ बिहिबार
kp-oli-final-final9.jpg.jpeg
काठमाडौं । पुनः निर्माणको कामले गति नलिएको टिप्पणी गर्नेलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कडा जवाफ फर्काएका छन् । ओलीले दाता सम्मेलनमा उठेको भनिएको ४ खर्ब दिन्छु मात्रै भनेका र पैसा हातमा नपरेको बताए । व्यवस्थापिका संसदमा सम्बोधनका क्रममा ओलीले कांग्रेस नेताहरुतर्फ लक्षित गर्दै भने, ‘हामीले मागेर ल्याएको ४ खर्ब खोई रे ? अब भयो त, दाताले दिउँला भनेका हुन्, पैंसा आएको हो र ? ।’ 
 
भूकम्पीय जोखिममा रहेकाले नेपालमा नआउनु पर्ने भूकम्प आयो, ओलीले थपे, ‘हामी सबैलाई थाहा छ, जनताले दुःख पाएका छन् । भूकम्पको विध्वंश असाधारण राष्ट्रिय पीडा हो ।’ असोज २५ गते आफुले प्रधानमन्त्रीको सपथ लिएको बताउँदै ओलीले आफ्नो सरकार आउँदा भूकम्प गएको ६ महिना वितिसकेको बताए ।
 
ओलीले भने, ‘पुनःनिर्माण भनेर हतारमा झोलामा पैंसा हालेर वितरण गर्न सम्भव छ र ? ।’ पुस १० गते प्रधाधिकरणले काम थालेको बताउँदै ओलीले अति पीडित १४ मध्ये ११ जिल्लामा ५ सय ४८ जिल्लामा सर्वेक्षण सकिएको जानकारी दिए । यस्तै, १६ सय इन्जिनियर खटिएको बताउँदै ओलीले पहिलो किस्ता १८ अर्ब ३३ करोड निकासा भएको सुनाए । यस्तै, १ खर्ब ८८ अर्ब ऋण स्वरुप प्राप्त गर्न विभिन्न सम्झौता भएको ओलीले जानकारी दिए । 
 
ओलीले मेरो धरहरा म बनाउँछु नारा कुनै बाह्य सहयोग र सरकारकारी लगानीमा बनाउने भनेर नभइ प्रत्येक नागरिकले आफ्नै सहायतामा बनाउन् भनेर ल्याएको सुनाए । ऐतिहासिक र पुरातात्विक महत्वका संरचना बनाउन समय लाग्ने बताउँदै ओलीले आजको भोली काम नसकिने बताए । व्यंग्य गर्दै ओलीले भने, ‘आलोचना गर्न मन छ ठाउँ छैन ।’ भुइचालो आयो के हेरिस् ? खडेरी आयो के हेरिस् ? भन्नुको तुक छैन । हामी सबै विषयमा गम्भीर भएर काम गरिरहेका छौं ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ