arrow

पाकिस्तानमा संक्रमितको संख्या ६४ हजार माथि, १३ सय १७ को मृत्यु

logo
सिन्ह्वा,
प्रकाशित २०७७ जेठ १६ शुक्रबार
corona-pakistan-hindu.jpg

इस्लामावाद। पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएको छ। प्राप्त समाचारअनुसार पाकिस्तानमा संक्रमितको संख्या ६४ हजार २८ पुगेको शुक्रबार पाकिस्तानी अधिकारीले बताएका छन्। विगत २४ घण्टामा पाकिस्तानमा २ हजार ८०१ संक्रमित थपिएका बताइएको छ।

पाकिस्तानमा संक्रमित मध्येका १ हजार ३१७ व्यक्तिको हालसम्म मृत्यु भएको पनि छ। पाकिस्तानमा बिहीबार मात्र ५७ जना संक्रमितको मृत्यु भएको छ। पाकिस्तानी समाचार संस्था जिओ न्यूजले सबैभन्दा बढी प्रभावित पाकिस्तानको सिन्ध राज्यमा रहेको बताएको छ। त्यसपछि कोरोना भाइरस संक्रमित राज्यमा पञ्जाव, खैबर पाख्तुनख्वा,बालोचिस्तान, गिलगित बाल्टिस्तान, इस्लामावाद र पाकिस्तान प्रशासित काश्मिरमा रहेका छन्।

संक्रमितहरुमध्ये २२ हजार ३०५ जना व्यक्ति उपचारपछि निको भएर घर फर्किएका पनि प्राप्त समाचारमा जनाइएको छ। अधिकारीहरुले यहाँका विभिन्न अस्पतालमा ४० हजार ४०६ जना संक्रमितले उपचार गराइरहेको जनाएका छन्। अस्पताल भर्ना भएका यी विरामी मध्ये १११ जनाको भने अवस्था गम्भीर रहेको पनि समाचारमा जनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ