arrow

मध्यपूर्व र मलेसियामा रहेका नेपालीको उद्धारका लागि जनसम्पर्क समिति युएईको माग

परराष्ट्र मन्त्रीलाई जनसम्पर्क समिति युएईले बुझायो ज्ञापनपत्र

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ १६ शुक्रबार
pradip-bhimshendas-janasamp.gif

काठमाडौं। कोभिड-१९ का कारण युएई लगायत मध्यपूर्वमा अलपत्रमा परेका नागरिकलाई यथाशीघ्र उद्दार गर्न नेपाली कांग्रेस निकट नेपाली जनसम्पर्क समिति यूएईले नेपाल सरकारसँग माग गरेको छ। नेपाली जनसम्पर्क समिति यूएईका सभापति भुवानी प्रसाद तिमल्सिनाको नेतृत्वमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई उनकै कार्यकक्षमा भेटी ज्ञापनपत्र समेत बुझाएको छ।

युएई, कुवेत, कतार, बहराइन, ओमान, साउदी अरब, भारत, मलेशियामा अलपत्र परेका श्रमजीवी नेपालीहरुलाई प्राथमिकताको आधारमा यथाशीघ्र स्वदेश फिर्ता ल्याउनको निम्ति नेपाली कांग्रेसका नेता पुर्व रक्षामन्त्री एवं संसदीय सुनुवाइ समितिका सदस्य भिमसेनदास प्रधानको संयोजनमा नेपाली जनसम्पर्क समिति युएईका सभापति भुवनिप्रसाद तिमिल्सिना र मानवअधिकारकर्मी हरि तिमिल्सिनाले परराष्ट्रमन्त्री माननीय प्रदिप ज्ञवालीलाई भेटेर नेपाली जनसम्पर्क समिति युएईले ज्ञापनपत्र बुझाएको हो।

ज्ञापनपत्र बुझाउने क्रममा पुर्व रक्षामन्त्री एवं संसदीय सुनुवाइ समितिका सदस्य भिमसेनदास प्रधानले विदेशमा समस्यामा रहेका नेपालीलाई यथाशीघ्र स्वदेश फिर्ता गराउन आवश्यक पहल गर्न र सकेको सहयोग गर्न सुझाएका थिए।

यसैगरी नेपाली जनसम्पर्क समितिका सभापति भुवानीप्रसाद तिमिल्सिनाले सरकारले पहिलो प्राथमिकतामा कुवेत सरकारले आममाफी दिइएका नेपालीहरुलाई यथाशीघ्र स्वदेश ल्याउन पर्ने र युएईमा श्रम गर्न गएका केही श्रमजीवी नेपालीहरुको अवस्था अत्यन्तै गम्भीर रहेकोले प्राथमिकताको आधारमा गर्भवती महिला, भिजिटमा गएर अलपत्र परेका र रोजगार गुमाएकाहरु लगायत मध्य पुर्वका सम्पुर्ण देशहरुमा समस्या परेका नेपालीहरुलाई उद्धार गरि स्वदेश फिर्ता गराउन माग गरेका छन्।

यसैगरी मानवअधिकारकर्मि हरि तिमिल्सिनाले अलपत्र परेका नेपाली नागरिकलाई सकुशल स्वदेश फिर्ता गरि उनिहरुको उचित व्यवस्थापन र क्वारेन्टाइनमा राखेर चेकजाँच गरिनुपर्ने माग गरेका छन्। ज्ञापन पत्रमा सभापति तिमल्सिना र महामन्त्री हरि खड्काद्वारा हस्ताक्षर गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ