arrow

कोरोना : संक्रमित ४५ मध्ये ८ फर्किए

logo
प्रकाशित २०७७ जेठ १६ शुक्रबार
corona-test-nepalgunj.gif

लमही । दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालबाट शुक्रबार आठ  कोरोना संक्रमित निको  भएर घर फर्किएका छन् । 

 कोरोना विशेष अस्पतालमा यही जेठ २ गते भर्ना भएका उनीहरुलाई दुईपटकसम्म गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि  घर पठाइएको कोरोना विशेष अस्पताल बेलझुण्डीका व्यवस्थापक द्रोणबहादुर वलीले जानकारी दिए ।

 वलीका अनुसार घर फर्कनेमा  कपिलवस्तुका चार, बाँकेका तीन र दाङ, गढवाका एक छन् ।

  कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका  ४५ मध्ये आठ जना निको भएपछि  ३७ कोरोना संक्रमितको उपचार भइरहेको छ । अस्पतालमा रुकुम(पूर्व), रुपन्देही, कपिलवस्तु , बाँके , दाङ र   बर्दियाका छन् ।  उपचार गराइरहेकामध्ये दुई महिला भएको वलीले बताउनुभयो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ