arrow

बजेटले उद्योगीको आशा पूरा नभएको गुनासो

logo
रासस,
प्रकाशित २०७७ जेठ १६ शुक्रबार
budget-yubaraj-katiwada-finance1.jpg

गुलरिया। अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७-७८ लागि प्रस्तुत गरेको बजेटप्रति विराटनगरका उद्योगीले खुशी व्यक्त गरे पनि उद्योग र उद्योगी क्षेत्रमा आशाजनक नरहेको प्रतिक्रिया दिएका छन्।

मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले बजेटले उद्योग र उद्योगीको आशालाई पूरा गर्न नसकेको बताए। संघका पूर्वअध्यक्ष ताराचन्द खेतानले बजेट  विकास र सुधारमा केन्द्रित देखिए पनि धराशायी हुन लागेको उद्योगप्रति मौन रहेको प्रतिक्रिया दिए। उनले पर्यटन क्षेत्रमा पुगेको नोक्सानमा राहत दिन नसकेकामा असन्तुष्टि व्यक्त गरे।

उद्योगी महेज जाजुले उद्योगसम्बन्धी पुष्टि नभएका मुद्दा फिर्ता लिएमा राम्रो हुने बताउँदै जरिवाना र दण्ड मिनाहा हुने कुराले खुशी बनाएको बताए। उद्योगी एवं राजनीतिकर्मी पवन शारडाले बजेटले साना उद्योगी र व्यापारीलाई करमा छुट दिएकामा सकारात्मक रुपमा लिँदै धेरै वस्तुमा अन्तःशुल्क घटाउनाले बजेट राम्रो भएको प्रतिक्रिया दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ