arrow

बाँकेमा १० कोरोना संक्रमित थपिदा देशभर थपिए १७१

बृद्धिदर ह्वात्तै बढ्न थाल्यो

logo
सौरभ गिरी,
प्रकाशित २०७७ जेठ १६ शुक्रबार
corona-nepal-health.jpg

नेपालगन्ज । बाँकेमा शुक्रवार फेरि १० जना संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगन्जमा गरिएको परिक्षणमा डुडुवा गाउँपालिकाका १७ देखि ४१ वर्षका १० जना पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो संगै बाँकेमा हालसम्म संक्रमितको संख्या १ सय ८१ पुगेको छ । यी मध्ये २७ जना निको भएर घर फर्केका छन् । एक जनाको भने मृत्यु भइसकेको छ । देशभर आज थप १ सय ७० जनामा संक्रमण पुष्टि भएको छ ।

यो संगै देशभर कुल संक्रमित १ हजार २ सय १२ पुगेका छन् । २ सय ६ जना निको भएर घर फर्कंदा ६ जनाको मृत्युु भइसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ