arrow

भिमनाथ शर्मा स्मृति प्रतिष्ठानको सहयोगमा बागलुङका पत्रकारको कोरोना विमा

logo
नारायण रिजाल,
प्रकाशित २०७७ जेठ १६ शुक्रबार
journalist-bima.jpg

बागलुङ। देशमा दैनीक कारोना भाईरस (कोभिड–१९) संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ। यसले सवै क्षेत्रमा जोखिम बढाएको छ। यो संकटमा तिब्र जोखिमका साथ सूचना सम्प्रेषणको जिम्मेवारी समाल्दै आएका पत्रकारहरु पनि लगातार खटिएका छन। उनिहरुका लागि सरकारले हाल सम्म कुनै विशेष कार्यक्रम ल्याउन सकेको छैन।

यो अवस्थामा बागलुङका पत्रकारलाई भने सामाजिक संस्था भिमनाथ शर्मा स्मृति प्रतिष्ठानले कोरोना विमा गरिदिएको छ। जिल्लाको बागलुङ नगरपालिका–१२ अमलाचौरका सामाजिक व्यत्तित्व स्व. भिमनाथ शर्माको स्मृतिमा संचालन उनका छोरा दक्ष पौडेलले प्रतिष्ठान मार्फत बागलुङका पत्रकारहरुको कोरोना विमा गरिदिएका हुन। राष्ट्रिय सहकारी बोर्डका सह–अध्यक्ष एवं प्रभु ग्रुपका संचालक समेत रहेका पौडेलले आफ्नो गृह जिल्लाका विभिन्न संचार माध्ययममा कार्यरत पत्रकारहरुको १ लाख बराबरको बिमा गरिदिएका हुन। नेपाल  प्रेस युनियनका केन्द्रिय सदस्य एवं नागरिक दैनिकमा कार्यरत पत्रकार दिलिप पौडेलको सहजीकरणमा पत्रकार महासंघ बागलुङ मार्फत पत्रकारहरुको विमा गरिएको हो।

जिल्लाका ५२ जना पत्रकारका लागि १ लाख बराबरको प्रभु ईन्सुरेन्स कम्पनीमा कोरोना विमा गरिएको महासंघ बागलुङका अध्यक्ष दिल शिरिषले जानकारी दिए। “हामी यस्तै सहयोगी संस्थाको खोजीमा थियौं अध्यक्ष शिरिषले भने, ‘जिल्लाकै एउटा सामाजिक संस्थाले हाम्रा लागि ठुलो सहयोग गरेको छ। कोरोना संकटमा तिव्र जोखिमका बीच सामाजिक र पेशागत उत्तरदायित्व बहन गर्दै अग्रभागमा खटिएका पत्रकारहरुका लागि गरिएको यो सहयोगले सबै साथीहरुको थप मनोबल उचो बनाउनेमा विश्वास लिएका छौं। उनले सहयोगी संस्था र यसका संरक्षक दक्ष पौडेललाई महासंघको तर्फबाट विशेष आभार प्रकट गरेका थिए। 

यो जोखिम अवस्थामा पनि अग्रभागमा खटिएर आम नागरिक विच सुचना सम्प्रेषण गर्ने पत्रकारका लागि प्रतिष्ठान माफर्त विमाका लागि लाग्ने आवश्यक रकम सहयोग गरिएको प्रतिष्ठानका सदस्य एवं बागलुङ जिल्ला संयोजक गोविन्द बहादुर पौडेल गोपालले बताए। उक्त विमाका लागि एक जना बराबर १ हजार रुपैयाँ लाग्ने छ  जिल्लाका ५२ जना पत्रकारको सवै लाग्ने खर्च प्रतिष्ठानले बेहोर्ने पौडेलले बताए । विमाका लागि महासंघका अध्यक्ष दिल शिरिषले प्रभु ईन्सुरेन्स बागलुङ शाखाका प्रमुखलाई जिल्लाका पत्रकारहरुको नामवली हस्तान्तरण गरेका थिए । प्रतिष्ठानले यस अघि पनि जिल्लाका केही स्थानिय तहका स्वास्थ्य संस्थामा स्वास्थय सामाग्री हस्तान्तरण गरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ