arrow

भ्रष्टाचार गरेका सेनाका पूर्व उपरथीबाट ५९ लाख असुल गर्ने सैनिक अदालतको फैसला

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ १६ शुक्रबार
army-headquater.jpg

काठमाडौं। सैनिक अदालतले सेनाका अवकाश प्राप्त उपरथी सुधिर श्रेष्ठलाई पदमा रहँदा भ्रष्टाचार गरेको आरोप अन्ठाउन्न लाख पन्चानव्वे हजार पाँचसय नव्वे रुपैयाँ उनान्साठ्ठी पैसा रकम असुल गर्ने फैसला गरेको छ। 

सैनिक हवाई महानिर्देशनालयका तत्कालिन महानिर्देशक पाइलट श्रेष्ठलाई हिसाव किताव नराखी आर्थिक अनियमितता गरेको देखिएको ठहर गर्दै सैनिक अदालतले सैनिक ऐन, २०६३ को दफा ४९ को खण्ड (क) र दफा ५२ को खण्ड (छ) वमोजिम कसुरजन्य कार्य गरेको प्रमाणित भएको ठहर गर्दै नीजबाट अन्ठाउन्न लाख पन्चानव्वे हजार पाँचसय नव्वे रुपैयाँ उनान्साठ्ठी पैसा असुल उपर गर्ने तथा सोही ऐनको, दफा १०१ को उपदफा (१) को खण्ड (ञ) बमोजिम नसिहत दिने गरी फैसला गरेको छ। 

शुक्रवार बसेको अदालतले सो सम्वन्धमा सत्यतथ्य छानबिन गर्न रथीको अध्यक्षतामा गठित कोर्ट अफ इन्क्वायरी बोर्डको २०७६ चैत्र ४ गतेको राय सहितको प्रतिबेदनको आधारमा श्रेष्ठ सहित १९ जना प्रतिबादिहरु उपर सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको मुद्दा पुर्पक्ष गर्न रथीको अध्यक्षतामा गठित समरी जनरल सैनिक अदालतबाट २०७७ जेठ १४ गते भएको फैसला शुक्रवार सम्बन्धितहरुलाई सुनाइएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

सोही मुद्धामा अन्य आठ जना अधिकृतहरुले आफूलाई प्राप्त जिम्मेवारिलाई प्रभावकारी रुपमा सम्पादन नगरेको ठहर गरि सचेत गराउने गरी फैसला गरेको छ। साथै अधिकृत एक र अन्यदर्जाका नौ जनालाई अभियोग मागदावीबाट सफाई पाउने गरी फैसला समेत भएको जनाइएको छ।

सेनाले भ्रष्टाचारलाई उल्टाउने कडा नीति अख्तियार गर्दै भबिष्यमा समेत सैनिक अनुशासन र आचरण बिरुद्धको क्रियाकलापमा शुन्य सहनशिलताको नीति लिएको ब्यहोरा समेत जानकारी गराएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ