arrow

स्याङ्जालाई साढे तीन अर्ब

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७७ जेठ १६ शुक्रबार
Syangja_district_map.png

स्याङ्जा। स्याङ्जाका ११ स्थानीय तहले संघीय सरकारबाट विभिन्न शिर्षकमा झण्डै साढे तीन अर्ब बजेट प्राप्त गर्ने भएका छन्। संघीय संसदमा अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा स्याङ्जाका ११ स्थानीय तहलाई ३ अर्ब ४२ करोड ९ लाख रुपैयाँ बिनियोजन गरिएको छ।

जिल्लाका ५ नगरपालिका मध्ये समानीकरण, सशर्त, विशेष र समपुरक अनुदान गरी वालिङले ५७ करोड १६ लाख पाउने भएको छ। पुतलीबजारले ५० करोड ४५ लाख पाउने उल्लेख गरिएको छ, भने गल्याङ्ले ४९ करोड ७० लाख, चापाकोटले ३७ करोड ९७ लाख र भीरकोटले ३४ करोड २३ लाख पाउने भएका छन्। ६ गाउँपालिका मध्ये कालिगण्डकीले ३२ करोड ६७ लाख पाउने छ भने आँधीखोलाले ३२ करोड ४ लाख पाउने छ। बिरुवाले २८ करोड ४५ लाख पाउँदा अर्जुनचौपारीले २४ करोड ४८ लाख पाउने छ। फेदीखोलाले २४ करोड ३४ लाख र हरिनाश गाउँपालिकाले २२ करोड ७२ लाख अनुदान पाउने भएका छन्। 

प्राप्त अनुदानलाई आर्थिक नियमावली अनुसार खर्च गर्न सके ठूलै उपलब्धी हासिल गर्न सकिनेमा वालिङ नगरपालिकाका उप–प्रमुख कल्पना तिवारीले विश्वास जनाईन्। अनुदानलाई शिर्षकगत खर्च गर्दा ध्यान पुर्‍याएर चालु खर्चलाई न्यून गर्दै पुँजीगत खर्च बढाउन सके राम्रो हुनेमा तिवारीले जोड दिईन्।

अनुदानबाट प्राप्त बजेटको ठूलो हिस्सा चालु खर्चमा जाने भएकाले एकमुष्ट रकम बढि देखिएपनि उपलब्ध नगन्य मात्रामा हुने स्थानीय जनप्रतिनिधिको भनाई छ। उनीहरुका अनुसार मोटो रकम राजश्व संकलन गर्ने स्थानीय तहले अनुदानलाई समाबेश गरेर विकासमा उपलब्धी मुलक बनाउन सक्ने छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ