arrow

कपिलवस्तुमा शुक्रवार ५२ कोरोना संक्रमित थपिएसँगै पुगे १ सय ८८

logo
मणि प्रसाद गैेह्रे,
प्रकाशित २०७७ जेठ १६ शुक्रबार
corona-nepal-health.jpg

कपिलवस्तु। शुक्रबार मात्र कपिलवस्तुमा थप नयाँ ५२ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । यसरी पुष्टि हुनेमा बुद्धभुमि नगरपालिका वाड न. ४ का बर्ष ३६का पुरुष १ जना, वाड न ८ बर्ष २४ का पुरुष १ रहेका छन् ।

त्यस्तै कृष्णनगर नगरपालिका वार्ड न. १ का बर्ष २६, २७, २७, २७, ३०, ४८ का पुरुष ६ जना, वार्ड न २ का बर्ष १८, २३, ४२ का पुरुष ३ जना, वाड न ४ का बर्ष २३ का पुरुष १ जना रहेका छन् ।

यशोधरा गाउँपालिका वाड न ३ का बर्ष ३७ देखि ५२ सम्मका ४ जना, वाड न ४ का बर्ष ४५ का पुरुष १ जना, वाड न ५ का बर्ष ७ का बालक १ जना, वाड न ६ का बर्ष ६ देखि ५० सम्मका २३ पुरुष र वाड न ७ का १५ देखि ५० बर्ष सम्मका ७ पुरुष छन् ।

त्यस्तै विजयनगर गाउँपालिका वाड न ७ का बर्ष १६ देखि २८ सम्मका ३ जना पुरुष छन्।

उनिहरुको स्वास्थ अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै कपिलवस्तुमा संक्रमितको संख्या १ सय ८८ पुगेको छ ।

जिल्लाका १० वटै पालिकामा संक्रमित भएका छन्। सबैभन्दा धेरै यशोधरा गाउँपालिका र सबैभन्दा कम शुद्धोधन गाउँपालिकामा रहेका छन् ।

परिक्षणको दायरा जति वढाइन्छ त्यती नै कोरोना संक्रमणको दर बुद्धि हुदै गएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ