arrow

कुन कुन समयमा छ आजको शुभ लाभ र अमृत बेला?

२०७७ जेष्ठ १७ गते शनिबारको पञ्चांग र राशिफल

logo
हरि पन्त,
प्रकाशित २०७७ जेठ १७ शनिबार
rashifal-horoscope.jpg

काठमाडौं। आज मिति २०७७ जेष्ठ १७ गते शनिबार, इस्वीसंवत मे ३० तारिक सन् २०२०, श्रीशाके १९४२, नेपाल संवत् ११४०, प्रमादी नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । ग्रीष्म ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार ज्येष्ठशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज ज्येष्ठशुक्लपक्षको अष्टमी तिथि २९ घटि ५३ पला अर्थात साँझतमा ५ बजेर ८ मिनेटसम्म त्यसउप्रान्त नवमी तिथि लाग्नेछ । आज पूर्वाफाल्गुनी नक्षत्र, विष्कुम्भादि योगमा हर्षण, करणमा भद्रा, आनन्दादि योगमा लुम्व रहनेछ । 

सूर्य वृष राशिमा, चन्द्रमा सिंह राशिमा रहनेछ । आज दिनमान ३४ घटि १५ पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ५ बजेर ११ मिनेटमा यम मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ बजेर ५३ मिनेटमा हुनेछ । 

आजको राशिफल
मेष
 ः मेष राशि भएकाहरूका आज पनि समय राम्रो रहनेछैन । आमा तथा आफन्तसँग मनमुटाव बढ्ने तथा गलत आश्वासन बाँढ्नाले समस्या आउन सक्छ । आज सवारी साधन, चल तथा टेक्निकल क्षेत्रसँग सम्बन्धित काम गर्दा ख्याल गर्नुहोला । घर जग्गाको कारोबारबाट घाटा लाग्ने छ । यात्रा गर्दा विशेष सतर्क हुनुपर्नेछ । अध्ययनमा अलि बढि नै समय दिएमात्र नतिजा आफुतिर ल्याउन सकिनेछ । राजनीति तथा समाज सेवामा जनताको आलोचना हुनेछ । 

वृषः वृष राशि भएकाहरूका लागि आज समय खराब छ प्रतिस्पर्धीहरु हरेक क्षेत्रमा हावी हुँदा समयमा काम सकाउन मुस्किल पर्नेछ । अध्ययन तथा अनुसन्धानको क्षेत्र कमजोर हुनाले तपाईको कमजोरीको अरुले फाईदा उठाउन सक्नेछन् । माया प्रेम तथा पति पत्नी बीचमा अरुको नकारात्मक टिका टिप्पणीले अविश्वास पैदा हुनेछ, ख्याल गर्नुहोला । मानव निर्मित साधन तथा प्राकृतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

मिथुनः मिथुन राशि भएकाहरूका लागि आज समय शुभ छ । नियमित आय आर्जन हुने काममा समय लगानि गरि मनग्य आम्दानि गर्न सकिनेछ । नयाँ प्रविधिको प्रयोग मार्फत नयाँ ज्ञान सिक्ने समय रहेको छ । विभिन्न अवसर प्राप्त हुने हुनाले जोस जाँगर बढेर आउनेछ । पढाई लेखाईमा अरुभन्दा उत्कृष्ट नतिजा ल्याउन सकिनेछ । भौतिक सम्पत्ती तथा सवारी साधन प्राप्तिको योग रहेकोछ । 

कर्कटः कर्कट राशिका लागि आज पनि समय शुभ छैन । आफन्त इष्टमित्र, दाजुभाईमा कसैबाट वैमनश्यता, शत्रूता पारिदिने सम्भावना बलियो छ । मन चञ्चल, गर्न खोजेका काममा रोकावट, स्वास्थ्य पनि त्यति भरपर्दो नरहने, वैदेशिक रोजगार, नयाँ पेशाको थालनीका लागि पनि आज त्यति राम्रो छैन । 

सिंहः सिंह राशि भएकाहरुका लागि आजको समय सबै प्रकारले शुभ रहेको छ । बौद्धिक कार्यमा सहभागी भई आफ्नो गतिलो प्रस्तुति पस्कने अवसर प्राप्त हुनेछ । पढाई लेखाईमा अन्यदिन भन्दा राम्रो प्रगति भएर जानेछ भने प्रतिस्पर्धामा तपाई नै अग्रपंक्तिमा आउनुहुनेछ । शैक्षिक परामर्श तथा चेतनामूलक कार्यक्रम सञ्चालन गरेर शिक्षाको पहुँच भन्दा बाहिरका मानिसलाई शिक्षाको पहुँचमा जोड्न सकिने छ । आज वंश बृद्धिको योग रहेको छ भने सन्तानको प्रगति देखेर मन प्रफुल्लित हुनेछ ।

कन्याः कन्या राशि भएकाहरूका लागि आज समय खराब छ । काम गर्ने सवालमा सहकर्मीबाट नै असहयोग हुने हुँदा काम बिग्रने तथा मान सम्मानमा दाग लाग्न सक्छ, ध्यान दिनुहोला । घर परिवार भित्रकै मानिसहरुले तपाईको नराम्रो कुराको प्रचारबाजी गर्दै हिंड्नेछन् । अध्ययन अध्यापनमा प्रशस्त समय खर्चिएर पनि नतिजा आँफैतर ल्याउन कठिन हुनेछ । व्यापार व्यावसायमा लगानी अनुसारको नाफा कमाउन केही समय पर्खनुपर्ने देखिन्छ ।

तुलाः तुला राशि भएकाहरूका लागि आज समय शुभ छ । समयमा काम बन्ने हुनाले अन्य क्षेत्रमा लगानी गर्ने वातावरण बन्नेछ । व्यापार व्यावसायबाट मनग्य आम्दानी हुनेछ भने व्यापार कै शिलशिलामा रमाईलो यात्रा हुनेछ । पढाई लेखाईमा खर्चिएको समयबाट भने जस्तो नतिजा हात लाग्ने हुनाले मन प्रशन्न रहनेछ । माया प्रेमको गाँठो झनै कसिने योग छ । घर परिवार तथा आफन्तसँगको सम्बन्धमा सुधार भएर जानेछ ।

वृश्चिकः वृश्चिक राशि भएकाहरूका लागि आज पनि समय मध्यम खालको छ । आश्वासन बाँढ्ने तथा काम गर्दिन्छु भनेर पैसा माग्नेदेखि सजक रहनुहोला । काम बिग्रने हुँदा लामो समयसम्म त्यसको प्रभाव देखिनेछ । आज काल योग परेकाले भौतिक सम्पति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । घर परिवार तथा आफन्तसँग घरायसी कुरामा राय बाझिनेछ भने जीवन साथीसँगको सम्बन्धमा चिसोपनाको विकास हुन सक्नेछ, सतर्क हुनुहोला ।

धनुः धनु राशिका लागि आज पनि समय शुभ रहने छैन । आज तपाईको खुट्टा तान्ने मानिसहरु हावी हुँने तथा सत्रुहरु सलबलाउँनेछन् । न्यालयसँग सम्बन्धित काम गर्दा ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा तपाई आफ्नै कारणले पछि पर्नुहुनेछ । खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला किनकि स्वास्थ्य सम्बन्धी समस्या बढ्न सक्छ । माया प्रेममा सामान्य खटपट हुनेछ भने दाम्पत्य जीवनको गाँठो फुस्कन सक्छ । सन्तानसँग पनि मनमुटाव बढ्ने देखिन्छ ।
 
मकरः मकर राशि भएकाहरूका लागि आज समय राम्रो रहने छैन । समयको महत्व नबुझ्नाले अनावश्यक दुख पाईनेछ । तपाई आफ्नै कारणले मान सम्मान तथा प्रतिष्ठामा समस्या आउनेछ । लामो दुरीको बैदेशिक यात्राको तय हुनेछ भने बिदेशी भूमिमा बसेर गरिने व्यापार व्यावसाय फस्टाएर जानेछ । विद्यामा सफलता पाउन निकै नै संघर्ष गर्नुपर्नेछ । मान्यजनको सुझाबलाई शिरोपर गरेर अगाडि बढे आंशिक मात्रामा लाभ प्राप्त हुनेछ ।

कुम्भः कुम्भ राशिका लागि पनि आज दिन तथा समय राम्रा छन् । आज थालिएका जुनसुकै कामबाट भनेजस्तै आम्दानी हुनेछ । नयाँ काम पाइने तथा नोकरीमा सुगम स्थानमा स्थानान्तरणको सम्भावना छ । राजनीति तथा समाजसेवामा राम्रो पद प्राप्तिको योग रहेकोछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिएको छ । वैदेशिक कार्यको प्रारम्भ पनि आज गर्दा राम्रो हुनेछ ।

मीनः मीन राशि भएकाहरूका लागि आज शुभ छ । पढाई लेखार्ईमा चाहेको सफलता हात लाग्ने हुँदा गन्तब्य पहिल्याउन सहज हुनेछ । भौतिक सम्पति तथा सवारी साधन प्राप्तीको योग रहेको छ भने विलासी वस्तुको प्रयोगमार्फत अरुको मन आफूतिर लोभ्याउन सकिनेछ । आज सकभर यात्रा नगर्नुहोला त्यसमा पनि पूर्व दिशाको यात्रा राम्रो हुनेछैन । आर्थिक कारोबार हुन सक्नेछ । पाउनुपर्ने धन पनि प्राप्त हुनेछ ।

साइतः आज चन्द्रमा सिंह राशिमा रहनेछ । त्यसैले उत्तर बाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज शनिबार पूर्व दिशाको यात्रा नगर्नुहोला । आज पूर्व, पश्चिम र दक्षिण दिशाको यात्रा पनि बाध्यताबश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । 
साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । 
 
आजको शुभ लाभादि बेला 
बिहान ५ः११ बजेदेखि            ६ः४१ बजेसम्म          काल बेला
बिहान ६ः४१ बजेदेखि            ८ः११ बजेसम्म          शुभ बेला
बिहान ८ः११ बजेदेखि             ९ः४१ बजेसम्म         रोग बेला
बिहान ९ः४१ बजेदेखि             ११ः११ बजेसम्म        उद्धेग बेला
बिहान ११ः११ बजेदेखि            १२ः४१ बजेसम्म        चर बेला
मध्यान्ह १२ः४१ बजेदेखि          २ः११ बजेसम्म          लाभ बेला
दिउँसो २ः११ बजेदेखि             ३ः४१ बजेसम्म          अमृत बेला
दिउँसो ३ः४१ बजेदेखि             ५ः११ बजेसम्म          काल बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः बिहानमा ९ः०० देखि १०ः३० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

(नोटः यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ