arrow

"मैले न्याय पाउँछु नि है?"

logo
सन्दिप कोइराला,
प्रकाशित २०७७ जेठ १७ शनिबार
nabaraj-bk-rukum-killed.gif

साँच्चै नै आमा म कति अभागी रहैछु नी है?
घरमा लक्ष्मी भित्राएर तिम्लाई सुख दिउँला सोचेको थिएँ, झनै दु:ख पो दिएँ कठै!
यी कथित ठुला जात भनौदाले मेरो जिन्दगी नै खोसे आमा, अब मेरा लागि कस्ले आवाज उठाउँछ खै? 
साँच्चै नै आमा मैले न्याय त पाउँछु नि है? 

हाम्रो नेपाली समाजमा दलित भएर जन्मिनु कति ठुलो पाप नै पो रहेछ है? 
त्यसैले त आमा म पापीलाई यो समाजले मारी दियो कठै! 
साँच्चै नै आमा धिक्कार छ तिम्ले पुज्ने त्यो भगवानलाई, किन हामीलाई कथित तल्लो जातको बनाईदियो खै?

म त सोच्थेँ हामी सबै मानव हौँ र एक समान छौँ, तर यो मानवलाई कुन्चाहीँ भगवानले तँ तल्लो र तँ माथ्लो जातको चिनायो होला है? 
साँच्चै नै आमा ति कथित माथ्लो जात भनौदाका लागि तिम्ले सिईदिएको भोटो खेर नै पो गयो कठै! 

आमा मैले त साँच्चै बिर्सिए पो छु त, दलितको छोरो भएर जात नमिल्नेसँग माया गाँस्नु अपराध पो थियो है? 
साँच्चै नै आमा म अपराधीलाई त माया गरेको अपराधमा मारि दिए कठै! 

साँच्चै नै बाबा तिमी चाहिँ कुन्सा भाग्यमानी रहेछौ र खै! 
एक्काइस वर्षे अल्लारे छोराको मरेको लाश देख्दा तिमी त बेहोशै भयौ होला है? 
साँच्चै नै बाबा म पनि त तिम्रो ज्यानभन्दा प्यारो छोराको हत्यारा पो रहेछु है? 
त्यहि भएर होला तिम्रै छोराको हत्या गरेको आरोपमा मलाई पनि मारि दिए कठै! 

म त सोच्थेँ बाबा हाम्रो पनि यो समाजमा केहि न केहि अस्तित्व छ है? 
तर के थाहा बाबा मलाई मेरो त सोचाहि नै गलत पो रहेछ कठै! 
साँच्चै नै बाबा मेरो सोच नै मेरो हत्यारा भयो है? 

बाबा तिम्रालागि सानो घर बनाएर, तिम्रो बुढेसकालको सहारा बन्ने मेरा सपना सपनानै रहे कठै! 
साँच्चै नै बाबा अब मेरा यि सपना कस्ले पुरागर्छ होला है? 

मलाई माफ गर है बाबा तिम्रो छोराको हत्तयारा चाहिँ म आफैँ हो कठै! 
साँच्चै नै बाबा मैलै माया गरेर अपराध पो गरेछु है? 
त्यही अपराधमा मलाई पनि मारिदिए नि कठै! 

साँच्चै नै बाबा
साँच्चै नै आमा 
के तिम्रो छोराले न्याय पाउँछ नि है?? 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ